arrow

टी–२० विश्वकपः इङ्गल्याण्ड सेमिफाइनल नजिक, बंगलादेश बाहिरिने बाटोमा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक ११ बिहिबार
t20-world-cup-england-20215.jpg

काठमाडौं । इङ्गल्याण्ड आईसीसी टी–२० विश्वकप क्रिकेटको सेमिफाइनल नजिक पुगेको छ । लगातार दोस्रो जितसहित इङ्गल्याण्ड सेमिफाइनल नजिक पुगेको हो । 

यूएईको अबुधाबीमा बुधबार बंगलादेशलाई ८ विकेटले पराजित गर्दै इङ्गल्याण्डले लगातार दोस्रो जित निकालेको हो । यसअघि पहिलो खेलमा इङ्गल्याण्डले डिफेन्डिङ च्याम्पियन वेष्ट इन्जिडलाई हराएको थियो । 

जितसँगै इङ्गल्याण्डले २ खेलमा ४ अंक जोडेको छ । इङ्गल्याण्ड समूह १ को शीर्ष स्थानमा रहन सफल भएको छ । बंगलादेशको भने यो लगातार दोस्रो हार हो । पहिलो खेलमा बंगलादेश श्रीलंकासँग पराजित भएको थियो । 

एक समूहमा ६ टिम रहेकामा बंगलादेश अंकविहीन रहेर पाँचौं स्थानमा रहेको छ । बंगलादेश बाहिरिने बाटोमा लागेको छ । 

इङ्गल्याण्डको इनिङ्स
बंगलादेशले दिएको १२५ रनको सामान्य विजयी लक्ष्य इङ्गल्याण्डले १४.१ ओभरमा मात्र २ विकेट गुमाएर पूरा गर्यो । इङ्गल्याण्डलाई जित दिलाउन जासन रोयले ६१ रन बनाए ।

उनले ३८ बलको सामना गरेका थिए । डाविड मालनले २५ बलमा नटआउट रहेर २८ रन बनाए । 

त्यस्तै जोस बट्लरले १८ तथा जोनी बेयरस्ट्रोले नटआउट ८ रन बनाए । 

बंगलादेशका शोरिफुल इस्लाम र नासुम अहमेदले १–१ विकेट लिए ।

बंगलादेशको इनिङ्स
यसअघि पहिले ब्याटिङ गरेको बंगलादेशले ९ विकेटको क्षतिमा १२४ रन बनाएको थियो । बंगलादेशका मुस्फिकर रहिमले ३० बलमा २९ रन बनाए । 

कप्तान महमुदउल्लाहले १९ रन बनाए । नासुम अहमेद १९ रनमा नटआउट रहे । 

इङ्गल्याण्डका टाइमल मिल्सले ३ विकेट लिए । त्यस्तै मोइन अली र लियाम लिभिङस्टोनले २–२ विकेट लिए ।

अंक तालिका
यो खेलपछि २ खेलबाट ४ अंकसहित इङ्गल्याण्ड शीर्ष स्थानमा छ । दोस्रो स्थानको श्रीलंका, अष्ट्रेलिया र दक्षिण अफ्रिकाको समान २ अंक छ । बंगलादेश र वेष्ट इन्डिज अंकविहीन छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ