arrow

कांग्रेस नेता भानु अधिकारीको सडक दुर्घटनामा परी निधन

logo
युवराज रेग्मी, 
प्रकाशित २०७८ कार्तिक १२ शुक्रबार
bhanu-adhikari-jhapa-congre.jpg

झापा । नेपाली कांग्रेसका नेता भानु अधिकारीको निधन भएको छ । सडक दुर्घटनामा परी उनको निधन भएको हो । झापाको गौरादहमा शुक्रबार बिहान भएको मोटरसाइकल दुर्घटनामा परी उनको निधन भएको हो । 

गौरादह नगरपालिका वडा नं ४ स्थित स्कुलचौन–चप्रामारी धरधरे सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा गौरादह ५ का अन्दाजी ४० वर्षीय भानु भनिने वेणु अधिकारीको मृत्यु भएको हो । 

उनी नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा गौरादह नगरपालिका वडा नं ५ अन्तर्गत निर्वाचित क्षेत्रीय प्रतिनिधि हुन् । उनले कांग्रेसको १४ औं महाधिवेशन निर्वाचन क्षेत्र नं ५ (क) अन्तर्गत क्षेत्रीय सदस्यमा आफ्नो उम्मेदवारी घोषणा गरेका थिए ।

उनी सवार मोटरसाइकल बिहान करिब ८ बजे विपरीत दिशाबाट आएको अर्को  मोटरसाइकलसँग  ठोक्किइ  दुर्घटना भएको थियो । दुर्घटनामा परी मे ९ प २७०३ को मोटरसाइकल चालक अधिकारीको घटनास्थलमानै ज्यान गएको ट्राफिक प्रहरी कार्यालय गौरादहले जनाएको छ ।
 
अधिकारीले चलाएको मोटरसाइकल र मे ६ प ५४१६ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किन पुग्दा उक्त दुर्घटना भएको प्रहरीको भनाइ छ ।
 
सो दुर्घटनामा अकौ चालक गौरादह ५ चप्रामारीका ३० वर्षीय अनुप राजवंशी र सोही मोटरसाइकलमा बसेका १६ वर्षे ललित शर्मा गम्भीर घाइते भएका छन्। घाइते दुवै जनालाई उपचारका लागि न्यूरो अस्पताल विराटनगर पठाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ