arrow

एलन मस्क बने ३०० बिलियन सम्पत्ति नाघ्ने पृथ्वीको पहिलो मानिस

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक १२ शुक्रबार
elon musk.png

काठमाडौँ । टेस्लाका सिइओ एवं स्पेस एक्सका संस्थापक एलन मस्कको सम्पत्ति ३०० बिलियन अर्थात् ३ खर्ब अमेरिकी डलर नाघेको छ ।

ब्लुमबर्ग बिलिनियर इन्डेक्सका अनुसार शुक्रवार यो समाचार लेख्दा उनको सम्पत्ति ३०२ अर्ब अमेरिकी डलर रहेको छ ।

अहिलेसम्म ३०० अर्ब सम्पत्ति पुग्ने पहिलो व्यक्ति मस्क बनेका हुन् । दोस्रो नम्बरमा रहेका जेफ बेजोसको सम्पत्ति १९९ अर्ब अमेरिकी डलर रहेको छ ।

तेस्रो नम्बरमा रहेका बर्नार्ड अर्नाल्टको १६८ अर्ब अमेरिकी डलर छ भने बिल गेट्सको सम्पत्ति १३५ अर्ब अमेरिकी डलर रहेको छ ।

एलन मस्कको अन्तरिक्ष सम्बन्धी कम्पनी स्पेस एक्स र विद्युतीय कार उत्पादक कम्पनी टेस्ला पछिल्लो समय सफल हुँदै गएका छन् । यी बाहेक न्युरालिंक एवं अन्य कम्पनीहरूमा पनि मस्कको संलग्नता रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ