- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । अष्ट्रेलिया क्रिकेट यतिबेला शोकमा छ । उसले टेष्ट क्रिकेटका दुई महान् खेलाडीहरुलाई गुमाएको छ । अष्ट्रेलियाले एलन डेभिडसन र एस्ले मालेटलाई गुमाएको हो ।
अष्ट्रेलिया क्रिकेट टिमका पूर्व अलराउन्डर डेभिडसनको शनिबार ९२ वर्षको उमेरमा निधन भएको हो । उनले अष्ट्रेलियाका लागि १० वर्ष खेलेका खेलेका थिए । सन् १९५३ देखि १९६३ सम्म खेल्ने क्रममा उनले ४४ टेष्टमा १८६ विकेट लिएका थिए ।
उनको सर्वाधिक उत्कृष्ट प्रदर्शन ९३ रन दिएर ७ विकेट लिनु रहेको थियो ।
त्यस्तै अलराउन्डर डेभिडसनले १ हजार ३२८ रन बनाएका थिए । जसमा पाँच वटा अर्धशतक पनि सामेल थिए । फस्ट क्लास क्रिकेटमा भने उनले १९३ खेलमा ६ हजार भन्दा बढी रन बनाएका थिए ।
सन्न्यासपछि उनले ३३ वर्ष क्रिकेट न्यू साउथ वेल्सको अध्यक्ष भएर गुजारेका थिए । उनी २० वर्ष सिड्नी क्रिकेट ग्राउन्डको सन्चालकसमेत भएका थिए ।
यसअघि शुक्रबार अफ स्पिनर मालेटको निधन भएको थियो । ७६ वर्षको उमेरमा क्यान्सरबाट निधन भएका उनी पछि लेखक तथा पत्रकार भएका थिए ।
उनले सन् १९६८ देखि १८० सम्म ३८ टेष्ट खेलेका थिए । जसमा १३२ विकेट लिएका थिए । राउडी भनेर बोलाइने मालेटको उत्कृष्ट प्रदर्शन ५९ रन दिएर ८ विकेट लिनु थियो । उक्त प्रदर्शन उनले पाकिस्तान विरुद्ध सन् १९७२ मा गरेका थिए ।