- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर ३१ कोन्हियामा नेपाली कांग्रेसका नेता तथा संविधानसभा सदस्य अनिल रुङ्गटाले स्थानीय अगुवाहरु सहित ९२ जना नेपाली कांग्रेसमा स्वागत गरेका छन् । कांग्रेसका कार्यवाहक वडा समिति सभापति महमद हैदरको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी प्रवेश गरेका स्थानीयहरुलाई रुङ्गटाले स्वागत गरेका हुन् । कार्यक्रममा दलित युवा संगठन समाजको पनि गठन गरिएको थियो।
कार्यक्रममा सम्बोधन गर्दै रुङ्गटाले जनताको अधिकारको रक्षा र हितमा कांग्रेसले विगतदेखि काम गर्दै आएको उल्लेख गर्दै कांग्रेस संकटको सारथी भएको बताए। दुई तिहाईको सरकार चलाउन नसकेका कम्युनिष्ट सहितका दलहरुले संकटबाट देशलाई निकास दिलाउन नसकेपछि कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व लिनु परेको बताए ।
कुबाटोमा गइसेकको राजनीतिलाई कांग्रेसले मात्र सही दिशामा फर्काउन सक्ने भएकोले कांग्रेसको नेतृत्वमा देश आइपुगेको उनले बताए ।
कांग्रेसले मात्र जनताको हित र लोकतन्त्रको रक्षा गर्न सक्ने भएको हुनाले कांग्रेस पार्टी रोजेर प्रवेश गर्नेहरुले सही निर्णय गरेको भन्दै नवप्रवेशीहरुलाई पार्टीमा स्वागत गर्दै बधाईसमेत दिएका थिए ।
कांग्रेस नेता रामनारायण कुर्मीले कांग्रेसको नेतृत्वमा मात्र देशले राजनीतिक रुपमा फड्को मार्ने बताउँदै विकास र सुशासन कांग्रेसको नेतृत्वमा मात्र संभव रहेको बताए ।
कांग्रेस नेतृ तथा वीरगन्ज महानगरपालिकाकी उप नगरप्रमुख शान्ति कार्कीले महिला, दलित, बालबालिका र पिछडिएका समुदायको उत्थान कांग्रेसबाट मात्र हुन सक्ने बताइन् ।
वक्ताहरुले अब हुने निर्वाचनमा वडा, नगर, प्रदेश र संघीय स्तरमा चुनिने जनप्रतिनिधिमा कांग्रेसलाई जिताउन आग्रह पनि गरे ।
कांग्रेसका पर्सा जिल्ला उपसभापति प्रकाश उपाध्यायले कम्युनिष्टहरुलाई एकपटकको लागि विश्वास गरेर जिताएका जनता अहिले पछुतो गरिरहेको स्मरण गराए ।
अब पछिल्लो अवस्थालाई सुधार गर्न अवसरको रुपमा आगामी चुनाव आइरहेको उनले बताए ।
कार्यक्रममा, स्थानीय अगुवाहरु, दलित नेताहरु र महिलाहरुको सहभागिता रहेको थियो ।