arrow

फोनिज स्याङ्जाको संयोजकमा गुरुङ

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७८ कार्तिक १५ सोमबार
tilak-gurung.JPG

स्याङ्जा । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) स्याङ्जाको संयोजकमा तिलक गुरुङ चयन भएका छन् । आदिवासी जनजाति पत्रकार महासङ्घ स्याङ्जाको भेलाले गुरुङलाई तदर्थ समितिको संयोजकमा चयन गरेको हो । 

गुरुङ ग्रामीण क्षेत्रमा बसेर पत्रकारिता गर्दै आएका व्यक्ति हुन् । त्यसै गरी भेलाले सात सदस्यीय तदर्थ समिति गठन गरेको छ । यसको उपसंयोजकमा अप्सरा राना सचिवमा इशा राना, सदस्यहरूमा अस्मिता राना, सिता थापा, प्रमोद गुरुङ र जमुना गुरुङ चयन भएका छन् । 

नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष एमवि आस्था मगरको अध्यक्षमा भएको भेलाको प्रमुख आथित्यता वालिङ नगर प्रमुख दिलिपप्रताप खाँण र विशेष आथित्यता उपप्रमुख कल्पना तिवारीले गरेका थिए । 

गठन भएको तदर्थ समितिले भदौ २५ गतेभित्र जिल्ला अधिवेशन गर्नुपर्ने छ । भेलामा वालिङ नगर उपप्रमुख कल्पना तिवारी, -आदिवासी जनजाति महासङ्घ गण्डकी प्रदेश इन्चार्ज होमबहादुर गुरुङ, नेपाल पत्रकार महासङ्घका स्याङ्जाका अध्यक्ष श्रीकृष्ण सिग्देल, नेपाली काँग्रेस वालिङ नगर समितिका उपसभापति पदमराज गुरुङ, नेपाल प्रेस युनियनका अध्यक्ष प्रदीप कोइराला, प्रेस चौतारीका अध्यक्ष मुक्ति न्यौपाने लगायतका वक्ताहरूले आफ्नो हक अधिकारीका लागि आदिवासी पत्रकारहरू सङ्गठित हुनु राम्रो पक्ष रहेको बताएका थिए । 

पत्रकार उत्पादनका लागि तालिम आवश्यक देखिएकाले जिल्ला अधिवेशन पछि तालिम सञ्चालन हुने -प्रतिबद्धता प्रदेश अध्यक्ष एमवि आस्थाले गरे । नेपालकै पहिलो ग्रामीण पर्यटकीय गाउँ सिरुवारिमा ग्रामीण पर्यटन प्रवर्द्धन तथा पत्रकार अभिवृद्धि विषयक अन्तरक्रिया समेत सम्पन्न गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ