तिहारका लागि काठमाडौँ बाहिर जानेलाई कोभिड-१९विरुद्धको खोप लगाइँदै
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक १६ मंगलबार
785
Shares
काठमाडौँ । तिहार मनाउनका लागि काठमाडौँ उपत्यका बाहिर जान लागेका नागरिकहरूलाई उपत्यकाका विभिन्न ४ ठाउँमा कोभिड-१९विरुद्धको खोप लगाइँदै छ ।
उपत्यका बाहिर गइरहेका नागरिकलाई कोटेश्वर चोक, गोङ्गबु बसपार्क, बल्खु चोक र कलङ्की चोकमा खोप लगाइरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएका हो ।
मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले सेयर गरेको सूचना अनुसार यी चार वटा खोप केन्द्रमा नाम र उमेर खुल्ने परिचय पत्र लगेर कात्तिक १६ गते (आज) र १७ गते (भोलि) खोप लगाउन सकिनेछ ।
खोप बिहान ७:३० बजेदेखि बेलुका ४ बजेसम्म लगाइने छ । मन्त्रालयका अनुसार चार वटै केन्द्रमा भेरोसेल र एस्ट्राजेनेका मध्ये एक खोप लगाउन सकिने छ ।