- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुषालले विद्युत् सस्तो बनाएर नेपालीको भान्साबाट एलपिजि ग्यास हटाउने अभियानमा सरकार जुटेको बताएकी छिन् ।
वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको रजत महोत्सवको अवसरमा मंगलबार काठमाडौंमा आयोजना गरिएको कार्यक्रमा मन्त्री भुषालले सबैखाले ऊर्जा खपत हुने ठाउँमा जलविद्युत खपत होस भन्ने सरकारको मान्यता रहेको बताइन ।
उनले नेपालमा बढ्दो पेट्रोलियम पदार्थको खपतलाई घटाउन सरकारले विद्युतीय गाडी आयातमा लगाएको भन्सार राजस्वमा छूट दिएको पनि जानकारी दिइन । नयाँ गाडी किन्नेहरुले विद्युतीय गाडीमात्र किन्न उनको आग्रह थियो ।
उनले विद्युतको खपत बढाउन महसुल घटाउनुका साथै २० युनिटसम्म खपत गर्नेलाई छुट दिएको बताउँदै विद्युतको माग बढ्दै गए महसुल पनि थप घटाउने गरी छलफल भइरहेको जानकारी दिइन ।
कार्यक्रममा ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव देवेन्द्र कार्की, नवीकरणीय ऊर्जा परिसंघका अध्यक्ष गुणराज ढकाल, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक डा.मधुसूदन अधिकारीलगायतले बोलेका थिए ।