काठमाडौँमा राती ९ बजेसम्म मात्रै देउसी भैलो खेल्न पाइने
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक १६ मंगलबार
614
Shares
काठमाडौँ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले राती ९ बजेसम्म मात्रै देउसी भैलो खेल्न काठमाडौँवासीमा आग्रह गरेको छ।
मङ्गलवार एक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौँले कोभिड १९ को सङ्क्रमणलाई मध्यनजर गर्दै सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको पूर्ण रूपमा पालना गरी देउसी भैलो, नाचगान लगायतका कार्यहरू राती ९ बजेसम्म मात्रै गर्न आग्रह गरेको हो।
प्रशासनले त्यस्ता कार्यहरू गर्दा सार्वजनिक यातायात र जनजीवनलाई असर नपर्ने गरी शान्तिपूर्ण ढङ्गबाट गर्न पनि आग्रह गरेको छ।
यसै गरी पटका, आतसवाजी जस्ता विस्फोटक एवं प्रज्वलनशील पदार्थ उत्पादन, ओसारपसार, विक्री वितरण तथा प्रयोग नगर्न समेत प्रशासनले सर्वसाधारणमा आग्रह गरेको छ भने पूजापाठ लगायतका गर्ने गराउने गर्दा पनि स्वास्थ्य मापदण्डमा ध्यान दिन भनिएको छ।