arrow

काठमाडौंमा देउसीभैलो खेल्न कडाइ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक १६ मंगलबार
CDO-Office-KTM.jpg

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले राति ९ बजेपछि देउसी खेल्न नपाइनेगरी सूचना जारी गरेको छ । मङ्‍गलबार सूचना जारी गर्दै देउसीभैलो कार्यक्रम राति ९ बजेसम्म सञ्‍चालन मात्र गर्न आग्रह गरेको हो।

कार्यालयले कोरोना संक्रमणको जोखिम कायमै रहेकाले स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै देउसीभैलो कार्यक्रम सञ्चालन गर्न आदेश दिएको छ।

पूजापाठलगायत क्रियाकलाप सञ्‍चालन गर्दासमेत स्वास्थ्य मापदण्ड पालना गर्न सूचनामा भनिएको छ। मठमन्दिर लगायत स्थानहरुमा भीडभाड नगर्न आग्रह गरिएको छ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ