arrow

फेसबुकले बन्द गर्‍यो फेसियल रिकग्निसन सफ्टवेयरको प्रयोग

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक १७ बुधबार
facebook-facial-recognition.jpg

काठमाडौँ । मानिसहरुको अनुहार स्क्यान गरेर पहिचान गने फेसियल रिकग्निसन सफ्टवेयरको प्रयोग फेसबुकले बन्द गर्ने भएको छ । मेटाका आर्टिफिसियल इन्टेलिजेन्सका उपाध्यक्ष जेरोम पेसेन्टीले एक ब्लग पोस्टमार्फत यस्तो जानकारी दिएका हुन् ।

फेसियल रिकग्निसन प्रविधिमाथि उठिरहेको गोपनीयता, रंगभेद र एकरुपताको विषयलाई लिएर फेसबुक विवादित रहिआएको थियो ।

सन् २०१९ मा अमेरिकाको एक अध्ययनले फेसियल रिकग्निसन एल्गोरिदमले अफ्रिकन अमेरिकी, एसियन नागरिकहरु एवं अमेरिकी महिलाको पहिचान स्पष्ट खुलाउन नसकेको देखाएको थियो ।

फेसबुकले फेसियल रिकग्निसनकै विषयलाई लिएर ५५ करोड अमेरिकी डलरको जरीवानाको सामना समेत गरेको थियो ।

यो प्रविधि विवादित बन्दै गएपछि अमेजन र माइक्रोसफ्टले यसअघि नै फेसियल रिकग्निसनमा रोक लगाइसकेका छन्।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ