arrow

माफ गर्नुस् नेताज्यू म एयरपोर्ट आइन

logo
गोकर्णराज बन्जाडे,
प्रकाशित २०७८ कार्तिक १७ बुधबार
gokarna-banjade.JPG

तिहारको झमेला भो
जाडो बढ्ने बेला भो
दुईपाग्रेमा चिसो चल्ने, चार पाङ्ग्रे पाइन !
माफ गर्नुस् नेताज्यू, म एयरपोर्ट आइन !!

हजुर मेरो भगवान्
गर्‍या हैन अपमान
सयपत्री फूल टिपी माला उन्न भ्याइन !
माफ गर्नुस् नेताज्यू, म एयरपोर्ट आइन !!

धान पराल सह्यार्ने
काम छाडेर क्यार्ने
यतातिर दाइँ थियो, त्यतातिर धाइन !
माफ गर्नुस् नेताज्यू, म एयरपोर्ट आइन !!

म तपाईँलाई चिन्ने
तपाई मलाई नचिन्ने
भिड मिच्दै नजिक गई सेल्फी खिच्न चाहिन !
माफ गर्नुस् नेताज्यू, म एयरपोर्ट आइन !!

यता कोही नखोज्ने
त्यता कसलाई रोज्ने
मायां हुन्छ दुईतर्फी, एकोहोरो लाइन !
माफ गर्नुस् नेताज्यू, म एयरपोर्ट आइन !!

@GokarnaBanjade



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ