-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
तिहारको झमेला भो
जाडो बढ्ने बेला भो
दुईपाङ्ग्रेमा चिसो चल्ने, चार पाङ्ग्रे पाइन !
माफ गर्नुस् नेताज्यू, म एयरपोर्ट आइन !!
हजुर मेरो भगवान्
गर्या हैन अपमान
सयपत्री फूल टिपी माला उन्न भ्याइन !
माफ गर्नुस् नेताज्यू, म एयरपोर्ट आइन !!
धान पराल स्याहार्ने
काम छाडेर क्यार्ने
यतातिर दाइँ थियो, त्यतातिर धाइन !
माफ गर्नुस् नेताज्यू, म एयरपोर्ट आइन !!
म तपाईँलाई चिन्ने
तपाईं मलाई नचिन्ने
भिड मिच्दै नजिक गई सेल्फी खिच्न चाहिन !
माफ गर्नुस् नेताज्यू, म एयरपोर्ट आइन !!
यता कोही नखोज्ने
त्यता कसलाई रोज्ने
माया हुन्छ दुईतर्फी, एकोहोरो लाइन !
माफ गर्नुस् नेताज्यू, म एयरपोर्ट आइन !!
@GokarnaBanjade