arrow

निकुञ्ज बाधक बनेको दुम्किबास त्रिवेणी सडक सुरुङ बनाएर भए पनि पूरा गर्छौ : मुख्यमन्त्री

logo
सञ्जय भट्टराई,
प्रकाशित २०७८ कार्तिक १७ बुधबार
krishnachandra-nepali.JPG

नवलपुर । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले दुम्किबास त्रिवेणी सडक बिस्तारका लागि चितवन राष्ट्रिय निकुञ्ज र युनेस्को बाधक बनेको बताएका छन् । 

बुधबार गृह जिल्ला नवलपुर आइपुगेका मुख्यमन्त्री नेपालीले कोल्हुवा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको आठौँ साधारण सभालाई सम्बोधन गर्दै दुम्किबास त्रिवेणी सडक बिस्तारका लागि चितवन राष्ट्रिय निकुञ्ज र युनेस्को बाधक बने पनि वैकल्पिक तरिका अपनाएर भए पनि सडक बिस्तार गर्ने बताए । 

"त्रिवेणी- दुम्किबास जोडने स्थल मार्ग बनाउन निकुञ्ज र युनेस्कोले दिएन भने सुरुङ मार्ग या फलाइ ओभर बनाएर पनि सडक बिस्तार गर्ने गरि प्रदेश सरकार अगाडि बढेको छ," मुख्यमन्त्री नेपालीले भने ।

नेपाललाई उत्तर दक्षिण जोडने छोटो र उपयुक्त सडक त्रिवेणी-कोरला सडक भएकाले त्रिवेणी- दुम्किबास जोडने सडकको विषयमा तदारुकता लिन आफूले प्रधानमन्त्रीको ध्यानाकर्षण समेत गराएको र छिट्टै समस्या समाधान हुने प्रधानमन्त्रीबाट आफूले जवाफ पाएको नेपालीले बताए ।

२०६२ सालमा ट्र्याक खोलिएको भए पनि दुम्किबास त्रिवेणी सडक निर्माण चितवन राष्ट्रिय निकुञ्जको अवरोध कारण अगाडि बढ्न सकेको छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ