arrow

चार वर्षपछि प्रधानमन्त्री देउवा र समकक्षी मोदीबीच भेट

logo
एजेन्सी,
प्रकाशित २०७८ कार्तिक १७ बुधबार
deuba-modi-cop26.jpg

काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन्। स्कटल्यान्डको ग्लासगोमा आयोजित जलवायु परिवर्तनसम्बन्धी शिखर सम्मेलन कोप २६ का क्रममा प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीबीच साइडलाइन भेटवार्ता भएको हो। 

भेटमा दुवै नेताबीच दिगो विकासका लागि सँगै मिलेर काम गर्ने विषयमा छलफल भएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विटरमार्फत जानकारी गराएका छन्। प्रधानमन्त्री देउवाले जलवायु परिवर्तनले हिमाली क्षेत्रमा जोखिम सिर्जना गर्ने विषयमा जोड दिएको बताएका छन्। 

दुई नेताबीच करिब चार वर्षपछि भेटवार्ता भएको हो। दुवै मुलुकबिचको सम्बन्धलाई लिएर बुझाइमा फरकपना देखिएको समयमा भएको यो भेटलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ। यसअघि चौथो पटक प्रधानमन्त्री भएको बेला देउवाले २०७४ भदौमा भारत भ्रमण गर्दा समकक्षीको रूपमा मोदीसँग भेट गरेका थिए।

अघिल्लो सरकारको समयदेखि नै भारतसँगको सम्बन्धमा आएको तिक्तता अझै बाँकी रहेको र सोमबार भएको भेटले द्विपक्षीय सम्बन्धमा थप स्पष्टता ल्याउने अपेक्षा गरिएको छ। यसअघि नेपालले आफ्नो भूमि लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेट्दै नयाँ नक्सा जारी गर्दा दृढताका साथ उभिएका देउवाप्रति भारत असन्तुष्ट भने देखिएको छ। वार्ताका क्रममा उक्त असन्तुष्टिका विषयमा पनि छलफल भएको कूटनीतिज्ञहरूको बुझाइ छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ