arrow

द्रविड बने भारतीय टिमको मूख्य प्रशिक्षक 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक १८ बिहिबार
rahul-dravid.jpg
तस्वीर–फाइल ।

काठमाडौं । राहुल द्रविड भारतीय क्रिकेट टिमको मूख्य प्रशिक्षक बनेका छन् । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआईको क्रिकेट एडभाइजरी कमिटीले भारतीय टिमका पूर्व कप्तान द्रविडलाई बुधबार मूख्य प्रशिक्षकमा नियुक्त गरेको हो ।

द्रविडले टी–२० विश्वकपपछि भारतीय टिम सम्हाल्ने छन् । उनले विश्वकपपछि न्यूजिल्याण्डविरुद्ध घरेलु मैदानमा हुने क्रिकेट सिरिजमा भारतीय टिम सम्हाल्ने छन् । 

यसअघि हालका प्रशिक्षक रवि शास्त्रीले टी–२० विश्वकपपछि आफूले पद छाड्ने घोषणा गरेका थिए । 

बीसीसीआईले गत अक्टोबर २६ तारिखमा मूख्य प्रशिक्षकका लागि आवेदन माग गरेको थियो ।

केही दिनअघि मात्रै द्रविडले श्रीलंकामा भारतीय क्रिकेट टीम बी को नेतृत्व गरी गएका थिए । 

मूख्य प्रशिक्षक नियुक्त भएपछि द्रविडले यो निकै नै ठूलो सम्मान भएको बताए । उनले यो भूमिकाका लागि लामो समयदेखि प्रतिक्षा गरिरहेको बताए । 

उनी यसअघि नेशनल क्रिकेट एकेडेमी एनसीएका अध्यक्ष थिए । मूख्य प्रशिक्षक भएसँगै द्रविडले एनसीएबाट राजीनामा दिनेछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ