साहित्यकार प्रकट पङ्गेनी शिव नेपाली काँग्रेसमा प्रवेश
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक १८ बिहिबार
1.3k
Shares
पोखरा। पोखराका चर्चित साहित्यकार प्रकट पङ्गेनी शिव नेपाली काँग्रेसमा प्रवेश गरेका छन्। बिहीबार नेपाली काँग्रेस पोखरा महानगरपालिका वडा न-१६ मा आयोजित एक कार्यक्रममा उनी काँग्रेस प्रवेश गरेका हुन्। उनलाई नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशका मन्त्री कुमार खड्का लगायतले काँग्रेसमा प्रवेश गराए।
प्रकट चित्रकला, गीत, गजल, कविता र मुक्तक लेखनका सिद्धहस्त सर्जक हुन्। नाटक लेखन र मञ्चनमा पनि उनको उत्तिकै दख्खल छ। रुपा गाउँपालिका वडा नं. ५ देउराली स्थायी घर भएका प्रकट विगत डेढ दशकदेखि पोखरा बाटुले चौरमा बस्दै आएका छन्। नेपाली साहित्यको गजल विधामा उनको छुट्टै पहिचान बनेको छ । पछिल्लो समय आख्यान पनि प्रकटले कलम चलाउँदै आएका छन्।