arrow

निरीह हुँदै बंगलादेशले खेल सकायो, अष्ट्रेलिया सेमिफाइनल नजिक

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक १९ शुक्रबार
t20-world-cup-australia-225.jpg

काठमाडौं । बंगलादेशले यूएई र ओमानको संयुक्त आयोजनामा जारी आईसीसी टी–२० विश्वकप क्रिकेटमा निरीहता प्रदर्शन गर्दै खेल सकाएको छ । सुपर १२ का सबै खेलमा पराजित हुँदै बंगलादेशले खेल सकाएको हो । 

पाँचौं तथा अन्तिम खेलमा बंगलादेश अष्ट्रेलियासँग पराजित भयो । यूएईको दुबईमा बिहीबार भएको खेलमा अष्ट्रेलियाले बंगलादेशविरुद्ध ८ विकेटको शानदार जित निकाल्यो । ७४ रनको सामान्य विजयी लक्ष्य अष्ट्रेलियाले ६.२ ओभरमा २ विकेटको नोक्सानीमा पूरा गर्यो ।

अष्ट्रेलियाका लागि कप्तान आरोन फिन्चले २० बलमा ४० रन जोडे । डेभिड वार्नरले १८ रन बनाए । मिचेल मार्शले ५ बलमा नटआउट रहँदै १६ रन बनाए । ग्लेन म्याक्सवेलले बलको सामना गर्नुअघि नै टिमले खेल जितिसकेको थियो । टस्किन अहमद र शोरिफुल इस्लामले समान १–११ विकेट लिए ।

बंगलादेशको इनिङ्स 
यसअघि पहिले ब्याटिङ्ग गरेको बंगलादेशले १५ ओभरमा अलआउट हुँदै ७३ रनमात्र बनाउन सक्यो । बंगलादेशका लागि शमीम हुसेनले १८ बलमा १९, ओपनर मोहम्मद नइमले १६ बलमा १७  तथा कप्तानमहमुदुल्लाहले १८ बलमा १६ रन बनाए । 

अन्य ब्याट्सम्यानले दोहोरो स्कोरसमेत जोड्न सकेनन् । चार खेलाडीले रनको खातासमेत खोल्न सकेनन् । 

प्लेयर अफ द म्याच एडम जाम्पाले ५ विकेट लिए । उनले ४ ओभरमा १९ रन खर्चेका थिए । 

मिचेल स्टार्क र जोस हेज्लेवुडले समान २–२ विकेट लिए । म्याक्सवेलले १ विकेट लिए । 

अंक तालिका
अष्ट्रेलियाले यो जितसँगै सेमिफाइनल प्रवेशको सम्भावना बलियो बनाएको छ । समूहमा इङ्गल्याण्ड ४ खेलबाट ८ अंकसहित सेसिमफाइनलमा पुगिसकेको छ । 

अष्ट्रेलिया ४ खेलबाट ६ अंकसहित दोस्रो स्थानमा छ । समान खेल र अंकबाटै दक्षिण अफ्रिका तेस्रो स्थानमा छ । 

५ खेलबाट ४ अंकको श्रीलंका, ४ खेलबाट २ अंकको वेष्ट इन्डिज र ५ खेलबाट अंकविहीन बंगलादेश बाहिरिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ