arrow

टी–२० विश्वकपः न्यूजिल्याण्ड सेमिफाइनल नजिक, अफगानिस्तानलाई हराउन जरुरी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २० शनिबार
t20-world-cup-nz.jpg

काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा न्यूजिल्याण्ड सेमिफाइनल नजिक पुगेको छ । सुपर १२ को चौथो खेलमा नामिवियालाई पराजित गर्दै न्यूजिल्याण्ड सेमिफाइनल नजिक पुगेको हो । 

शुक्रबार यूएईको शारजाहमा भएको खेलमा न्यूजिल्याण्ड ५२ रनले विजयी भयो । १६४ रनको विजयी लक्ष्य पछ्याएको नामिबियाले ७ विकेटको नोक्सानीमा १११ रनमात्र जोड्न सकेसँगै न्यूजिल्याण्डको सेमिफाइनल सम्भावना बलियो भएको हो । 

नामिवियाका लागि माइकल भान लिङगेनले सर्वाधिक २५ रन जोडे । त्यस्तै जाने ग्रिनले २३ तथा ओपनर स्टेफन बार्डले २१ रन बनाए । न्यूजिल्याण्डका टिम साउथी र ट्रेन्ट बोल्टले २–२ विकेट लिए । 

न्यूजिल्याण्डको इनिङ्स 
यसअघि पहिले ब्याटिङ गरेको न्यूजिल्याण्ड ४ विकेटको नोक्सानीमा १६३ रन जोडेको थियो । न्यूजिल्याण्डका लागि ग्लेन फिलिप्सले नटआउट रहँदै २१ बलमा ३९ रन बनाए । 

जेम्स नीशमले २३ बलमा नटआउट रहँदै ३५ रन बनाए । कप्तान केन विलियम्सन २८ रनमा आउट भए । खराब शुरुआत गरेको न्यूजिल्याण्डले ८७ रन जोड्दा ४ विकेट गुमाइसकेको थियो । 

नामिवियाका वर्नार्ड स्कोल्ज, डेभिड वाइजी र जेरहार्ड इरासमसले १–१ विकेट लिए । 

अंक तालिका 
समूह २ को खेलमा पाकिस्तान ४ खेलबाट ८ अंकसहित शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुगिसकेको छ । न्यूजिल्याण्ड ४ खेलबाट ६ अंकसहित दोस्रो स्थानमा रहेको छ । 

भारत ४ खेलबाट ४ अंकसहित तेस्रो स्थानमा छ । अफगानिस्तान पनि ४ खेलबाट ४ अंकसहित चौथो स्थानमा छ । 

नामिबिया ४ खेलबाट २ अंकसहित पाँचौं तथा स्कटल्याण्ड ४ खेलबाट अंकविहीन हुँदै पुछारमा छ । 

अन्तिम चरणको खेलबाटै सेमिफाइनलमा पुग्ने अन्तिम टीमको टुंगो लाग्नेछ । 

महत्वपूर्ण खेल न्यूजिल्याण्ड र अफगानिस्तानको रहेको छ । यो खेल जित्दा न्यूजिल्याण्ड सेमिफाइनलमा पुग्नेछ । 

यो खेलमा न्यूजिल्याण्ड पराजित हुँदा भारत र नामिबिया बीचको खेल महत्वपूर्ण हुन्छ । यदि न्यूजिल्याण्ड पराजित भयो भने भारतले नामिबियालाई हराउँदा सेमिफाइनलमा पुग्नेछ । 

अर्कातर्फ न्यूजिल्याण्ड अफगानिस्तानसँग थप फराकिलो अन्तरले विजयी भयो भने अफगानिस्तान नै सेमिफाइनलमा पुग्नेछ । यो सम्भावना कम छ । 

अफगानिस्तान विजयी हुने सम्भावना पनि कम रहेकाले पनि न्यूजिल्याण्ड सेमिफाइनलको बलियो दाबेदार बनेको छ । 
यस नतिजासँगै न्यूजिल्यान्डले चार मध्ये तीन खेल जित्दै सेमिफाइनल प्रवेश गर्ने सम्भावना बलियो बनाएको छ ।

यता चार खेल खेलेको नामिवियाको यो तेस्रो पराजय हो । पराजयसँगै नामिविया प्रतियोगिताबाट बाहिरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ