arrow

निरीह वेष्ट इन्डिजमाथि आक्रामक खेल्दै अष्ट्रेलिया पुग्यो सेमिफाइनलमा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २१ आइतबार
t20-world-cup-aus-semi.jpg

काठमाडौं । अष्ट्रेलिया आईसीसी टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा पुगेको छ । कमजोर एवं निरीह डिफेन्डिङ्ग च्याम्पियन वेष्ट इन्डिजमाथि ८ विकेटको जित निकाल्दै नेट रनरेटमा दक्षिण अफ्रिकालाई पछाडि पार्दै अष्ट्रेलिया सेमिफाइनलमा पुगेको हो । 

वेष्ट इन्डिजले दिएको १५८ रनको विजयी लक्ष्य अष्ट्रेलियाले १६.२ ओभरमा २ विकेटको नोक्सानीमा पूरा गर्यो । अष्ट्रेलियालाई चौथो जित दिलाउन डेभिड वार्नरले ५६ बलमा ८९ रन जोडे । उनले ४ छक्का र ९ चौका प्रहार गरे । 

मिचेल मार्सले ३२ बलमा ५३ रन बनाए । वेस्ट इन्डिजका अकिल होसेन र क्रिस गेलले १–१ विकेट लिए । 

वेष्ट इन्डिजको इनिङ्स
यसअघि पहिले ब्याटिङ गरेको वेष्ट इन्डिजले ७ विकेटको नोक्सानीमा १५७ रन बनायो । कप्तान काइरोन पोलार्डले ३१ बलमा सर्वाधिक ४४ रन बनाए । 

इभिन लेविसले २९ तथा सिमरोन हिटमेयरले २७ रनको जोडे । आन्द्रे रसेलले ७ बलमा नटआउट रहँदै १८ रन बनाए । 

अष्ट्रेलियाका जोश हाज्लेउडले ४ विकेट लिए । मिचेल स्टार्क, प्याट कमिन्स तथा एडम जाम्पाले समान १–१ विकेट लिए । 

यसरी पुग्यो अष्ट्रेलिया सेमिफाइनलमा 
समूह चरणको अन्तिम खेलमा शनिबार राति भएको खेलमा समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको इङ्गल्याण्डमाथि १० रनको जित निकाले पनि नेट रनरेटमा पछि पर्दै दक्षिण अफ्रिका बाहिरियो । 

समूह १ बाट इङ्गल्याण्ड समूह विजेता र अष्ट्रेलिया समूह उपविजेता बन्दै सेमिफाइनलमा पुगेका छन् । समूहको अन्तिम खेलमा पराजित भए पनि इङ्गल्याण्डलाई समूह विजेता बन्न कसैले रोकेन । 

समूहमा इङ्गल्याण्ड, अष्ट्रेलिया र दक्षिण अफ्रिकाले समान ८ अंक जोडे पनि नेट रन रेटमा अफ्रिकी टिम तेस्रो स्थानमा रह्यो । यदि वेष्ट इन्डिजमाथि फराकिलो जित ननिकालेको भए दक्षिण अफ्रिका सेमिफाइनलमा पुग्थ्यो । 

विश्वकपको अभागी टिम दक्षिण अफ्रिका फेरि बाहिरियो 

अंक तालिका
यो समूहको सबै खेल सकिँदा इङ्गल्याण्ड, अष्ट्रेलिया र दक्षिण अफ्रिकाको समान ८–८ अंक हुँदा श्रीलंकाको ४, वेष्ट इन्डिजको २ तथा बंगलादेश अंकविहीन रह्यो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ