arrow

टी–२० विश्वकपको सेमिफाइनल समीकरण पूरा, यस्तो छ अबको भिडन्त

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २२ सोमबार
icc-t20-world-cup.jpg

काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । सेमिफाइनलमा इङ्गल्याण्ड, अष्ट्रेलिया, पाकिस्तान र न्यूजिल्याण्ड पुगेका छन् । 

समूह १ बाट इङ्गल्याण्ड समूह विजेता बन्दै तथा अष्ट्रेलिया समूह उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो । त्यस्तै समूह २ बाट पाकिस्तान समूह विजेता तथा न्यूजिल्याण्ड समूह उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो । 

पहिलो सेमिफाइनल खेल बुधबार इङ्गल्याण्ड र न्यू्रजिल्याण्डबीच यूएईको अबुधाबीमा हुनेछ । 

दोस्रो सेमिफाइनल खेल पाकिस्तान र अष्ट्रेलियाबीच दुबईमा हुनेछ । 

फाइनल खेल आइतबार १४ नोभेम्बरमा दुबईमा हुनेछ । 

सन् २०२२ को टी–२० विश्वकप अष्ट्रेलियामा हुँदैछ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ