arrow
ADVERTISEMENT

काँग्रेस रसुवाको क्रियाशील सदस्यता विवाद टुङ्गियो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २२ सोमबार
nepali-congress-flag.jpg

काठमाडौँ । नेपाली कांग्रेसले रसुवाको क्रियाशील सदस्यता विवाद टुङ्ग्याएको छ । पार्टीको १४औँ महाधिवेशनका लागि यसअघि ७५ जिल्लाको क्रियाशील सदस्यताको टुङ्गो लगाएको कांग्रेसले आज रसुवाको क्रियाशील सदस्यता विवाद टुङ्ग्याएको हो । 

कांग्रेस रसुवाको क्रियाशील सदस्यता विवाद टुङ्गीएसँगै अब रौतहटको मात्र क्रियाशील सदस्यता विवाद टुङ्गिन बाँकी रहेको छ । रसुवामा नयाँ शक्तिबाट नेपाली कांग्रेसमा प्रवेश गरेका व्यक्तिलाई कति क्रियाशील सदस्यता दिने भन्ने विवादका कारण क्रियाशील सदस्यता टुङ्गोमा पुग्न सकेको थिएन ।

 कांग्रेस रसुवाको क्रियाशील सदस्यता विवाद टुङ्गिएसँगै रसुवामा कांग्रेसको क्रियाशील सदस्यको सङ्ख्या तीन हजार ८५७ पुगेको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक÷दुई दिनमा देशभरका सबै जिल्ला र निर्वाचन क्षेत्रको क्रियाशील सदस्यता विवाद टुङ्गोमा पुग्ने बताए । 

रौतहट क्षेत्र नं २, ३ र ४ को क्रियाशील सदस्यता टुङ्गिसकेको भए पनि क्षेत्र नं १ को भने टुङ्गिन बाँकी रहेको कांग्रेसले जनाएको छ । रौतहटको तीनवटा निर्वाचन क्षेत्रको क्रियाशील सदस्यता टुङ्गिएसँगै देशभरका १६५ मध्ये १६४ निर्वाचन क्षेत्रको क्रियाशील सदस्यता विवाद टुङ्गो लागेको हो । 

कांग्रेसले पछिल्लो समय सदस्यता विवाद टुङ्गोमा पुर्‍याएको जिल्लाको अधिवेशन सम्पन्न गर्नका लागि कार्यतालिका समेत प्रकाशित गरिसकेको छ भने सोही जिल्लामा निर्वाचन अधिकृत समेत खटाइसकेको छ । कांग्रेसले १४औँ महाधिवेशन आगामी मङ्सिर २४ देखि २६ गतेसम्म काठमाडौँमा  गर्दैछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ