arrow

डडेलधुरा काँग्रेस राजधानीमा अनसन बस्ने तयारीमा

logo
टेकराज अवस्थी,
प्रकाशित २०७८ कार्तिक २२ सोमबार
ddl-congress.JPG

डडेलधुरा । क्रियाशील सदस्यता पुनरावलोकन माग राख्दै आन्दोलित नेपाली काँग्रेस डडेलधुराको संस्थापन पक्षले स्थगित गरिएको रिले अनसनलाई थप सङ्घर्षको रूपमा सङ्घीय राजधानी केन्द्रित अनसन बस्ने तयारी गरेको छ । 

जिल्ला कार्य समितिको ६३औँ तथा विशेष बैठकबाट सातौँ जिल्ला अधिवेशनका लागि स्थानीय तहबाट प्रमाणित र सिफारिस गरिएको प्रक्रिया लत्त्याइ सूचिकृत नभएका क्रियाशील सदस्यहरू थपेको र नियमित सदस्यहरू हटाई व्यापक हेरफेर गरिएको प्रति आपत्ति जनाउँदै अनसन बस्ने तयारी गरेको हो । 

अवैध प्रक्रिया अपनाई गरिएको कथित स्थानीय अधिवेशनहरू खारेजीको माग राख्दै केन्द्रीय सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवालाई अनुरोध गर्ने निर्णय गरिएको जिल्ला पार्टी सभापति तथा सुदूरपश्चिम प्रदेश सभा सदस्य कर्ण बहादुर मल्लले जानकारी दिएका छन् । 

डडेल्धुराबासीको नेपाली काँग्रेस प्रतिको आस्था, लगानी र राजनीतिक पुँजी माथि खेलबाड गरेको भन्दै पार्टी भाँडेर स्वार्थ लिने समूहको मात्र नेता बन्न जाखेकोमा अन्याय अत्याचारका विरुद्ध लड्ने प्रजातान्त्रिक पार्टीका सिपाहीहरूबाट अनसन मार्फत पीडित क्रियाशील सदस्यहरूलाई न्याय दिलाउन सफल हुनेमा विश्वस्त रहेको सभापति मल्लले बताएका छन् ।

वडा अधिवेशन पूर्व उत्पन्न विवाद समाधानका लागि केन्द्रीय सभापति, केन्द्रीय निर्वाचन समितिलाई दिइएको निवेदन तथा उजुरी माथि ५४ दिन सम्म पनि कुनै सुनुवाइ नगरिएको र उल्टै बाँकी रहेका अधिवेशनहरू सम्पन्न गर्न सभापति देउवा नै उद्धत रहेकोले समयमै सच्याउन आग्रह गर्दै वैधानिक रूपले सर्वसम्मत स्थानीय अधिवेशनहरू नभए धर्ना सहित चरणबद्ध कडा आन्दोलनका कार्यक्रम तय गरिने समेत बैठकले निर्णय गरेको छ । 

आन्दोलनमा जिल्ला कार्य समितिका पदाधिकारी, सदस्यहरू, आमन्त्रित सदस्यहरू, ५२ वडा सभापति, स्थानीय तहका जनप्रतिनिधि, भातृ तथा शुभेच्छुक संस्थाका प्रमुख तथा प्रतिनिधि लगायत इच्छुक नेपाली काँग्रेस क्रियाशील सदस्यहरूको सहभागिता रहने गरि आवश्यकता अनुसार अनिश्चित कालिन अनसनबाट न्याय खोज्न सङ्घीय राजधानी काठमाण्डौं पुग्ने बताएका छन् । 

जिल्लाले पठाएका क्रियाशील सदस्यहरू ५८०४ मध्ये ४६० विना कारण हटाइएको र समायोजन भएका १०० सहित ४१२ एकपक्षीय रूपमा नयाँ थप गरिए पछि भाद्र २५ गते गरिएको एकलौटी वडा अधिवेशन प्रति असहमति राख्दै प्रक्रियाको प्रमाण सहित ९२ पानाको अवैधानिक अधिवेशन कागजातहरू जिल्ला कार्य समितिको बहुमत निर्णयबाट केन्द्रीय कार्य समितिलाई भाद्र ३१ नै बुझाई सकिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ