arrow

दयाशंकर पालिखे स्मृति पत्रकारिता सम्मान पत्रकार बवीता बस्नेतलाई

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २४ बुधबार
babita-basnet.jpg

पोखरा । यस वर्षको प्रजातन्त्र सेनानी दयाशंकर पालिखे स्मृति पत्रकारिता सम्मान अग्रज पत्रकार बवीता बस्नेतलाई प्रदान गरिने भएको छ ।

प्रतिभा छनोट समितिको सिफारिसमा नेपाल पत्रकार महासङ्घ कास्कीको बुधबार सम्पन्न कार्यसमिति बैठकले बस्नेतलाई पुरस्कार अर्पण गर्ने निर्णय गरेको हो । 

प्रतिभा छनोट समितिमा अग्रज पत्रकार एवं महासङ्घका पूर्व अध्यक्ष रवीन्द्र बास्तोला संयोजक, पूर्व अध्यक्ष रामकृष्ण ज्ञवाली, केन्द्रीय सदस्य त्रिभुवन पौडेल, महासङ्घका अध्यक्ष विमला भण्डारी र कार्यवाहक सचिव श्रीराम सिग्देल सदस्य रहेका थिए ।

पुरस्कारको राति एक लाख एक हजार १११ रुपैयाँ रहेको छ । अघिल्ला वर्षमा पुरस्कारको राशि ५५ हजार ५५५ रुपैयाँ रहेकोमा यस वर्ष त्यति नै रकम थप भएर एक लाख एक हजार १११ रुपैयाँ पुर्‍याइएको हो ।

नेपाल पत्रकार महासङ्घ कास्कीद्वारा सञ्चालित प्रजातन्त्र सेनानी दयाशंकर पालिखेको स्मृतिमा परिवारजनद्धारा स्थापित यो २२ औँ पुरस्कार हो । यो पुरस्कार पहिलो पटक महिला पत्रकारले प्राप्त गर्दै छन् । 

करिब तीन दशकदेखि पत्रकारितामा सक्रिय बस्नेत हाल घटना विचारका सम्पादक हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ