arrow

विश्वकै सबैभन्दा उच्च स्थानमा 'ब्लड डोनेसन क्याम्प' को आयोजना गरिने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २४ बुधबार
blooddonor.jpg

काठमाडौँ । विश्वमै सबैभन्दा उच्च स्थान सोलुखुम्बु जिल्लामा कात्तिक २६ गते रक्तदान कार्यक्रम हुने भएको छ । आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर दुर्गम क्षेत्रका मानिसहरूलाई रक्तदानसम्बन्धी चेतना जगाउन ब्लड डोनेसन क्याम्पको आयोजना गर्न लागेको लायन्स क्लब अफ काठमाडौँ ब्लड सर्कलले जानकारी दिएको हो ।

क्याम्प सञ्चालन गर्नुको उद्देश्य दुर्गम क्षेत्रको मानिसहरूलाई पनि रक्तदान सम्बन्धी चेतना जगाउन् र रक्तदान गर्न प्रेरित गर्नु रहेको क्लबले जनाएको छ । विश्वमै आज सम्मको सबैभन्दा उच्च स्थान सोलुखुम्बु जिल्लामा हुन लागेको रक्तदान  कार्यक्रम अन्तर्गत क्लबका सदस्यहरू साथै स्थानीयहरूसमेत गरी करिब १ सय पिन्ट रक्तसंकलन गर्ने उद्देश्य रहेको जनाइएको छ । 

कार्यक्रममा लायन्स क्लब अफ काठमाडौँ ब्लड सर्कलका चार्टर अध्यक्ष अनिलरत्न तुलाधारले लकडाउनमा नेपालमा रगतको कमी हुने भएको महसुस गरेर सानो ब्लड डोनेसन टिम बनाएको बताए । 

सुरुमा काठमाडौँ, कीर्तिपुर र ललितपुरबाट लकडाउनमा ब्लड सङ्कलन गरेर नेपालीहरूलाई सहयोग गरेको भन्दै दोस्रो लकडाउनको समयमा पनि ३५ सय पिन्ट रगत सङ्कलन गरेर विभिन्न संस्थाहरूलाई दिएको जानकारी दिए । उनले भने,'रगत  कुनै पनि कारखाना तथा ल्याबमा बन्दैन । रगत त हाम्रै शरीरमा बन्ने हो, मानिसबाटै बन्ने हो । हामीले नै बनाउने हो । तर सबै मिलेर त्यसको व्यवस्था गर्नुपर्छ ।' 

उनले यति धेरै उचाइमा, ३२ सय मिटर भन्दा बढीको रिमोट एरियामा गएर कसैले पनि रक्तदान नगरेको जिकिर गरे । उनले बिहीबार काठमाडौँबाट ६० जना रक्तदातासहितको टोली सोलु प्रस्थान गर्ने जानकारी दिए । उनले सल्लेरीमा पुगेर मोटिभेशन कक्षा पनि सञ्चालन गरिने बताए । सल्लेरीको प्रशासनसँगको सहकार्यमा आफूहरू अघि बढ्ने बताए । अब नयाँ र राम्रो काम देखाउनलाई सोलुखुम्बु जिल्लामा जान लागेको बताए । उनले सोलुमा १ सय पिन्ट रगत सङ्कलन गरेर काठमाडौँ ल्याउने बताए । सङ्कलित रगत तारा एयरबाट काठमाडौँमा आई पुग्ने र कान्तिपुर अस्पतालको ल्याबमा बुझाएपछि मात्र आफ्नो जिम्मेवारी पुरा हुने बताए । उनले राम्रो काम गरेकै कारण आफू र ९ जना सदस्यहरूलाई विभिन्न अवार्डबाट समेत सम्मानित गरिएको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ