arrow

प्रधानसेनापति शर्मालाई भारतीय सेनाको मानार्थ महारथीको दर्ज्यानी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २४ बुधबार
sharma-kobind.jpg

नयाँदिल्ली । भारतका राष्ट्रपति रामनाथ कोविन्दबाट प्रधानसेनापति प्रभुराम शर्मालाई भारतीय स्थल सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।

नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा बुधवार आयोजित समारोहमा प्रधानसेनापति शर्मालाई भारतीय स्थल सेनाको मानार्थ महारथीबाट सुशोभन गरिएको हो । नेपाल-भारतबिच एक-अर्का मुलुकका प्रधानसेनापतिलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने अनुपम परम्परा छ ।

भारतका स्थल सेनाध्यक्ष जनरल एमएम नरवणेको औपचारिक निमन्त्रणामा उनी भारतको चार दिवसीय औपचारिक भ्रमणका लागि मङ्गलवार नयाँ दिल्ली गएका थिए  । भ्रमणका क्रममा महारथी शर्माले विभिन्न भारतीय उच्चपदस्थ पदाधिकारीसँग भेटघाट गर्नेछन् ।  महारथी शर्मा भारत भ्रमण सकेर यही कात्तिक २६ गते स्वदेश फर्किनेछन् ।



नयाँ