arrow

२८ गतेदेखि यी खोप केन्द्रमा फाइजर खोप लगाइँदै, कुन समूहका व्यक्तिले लगाउन पाउँछन् ?

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २४ बुधबार
Covid-vaccine-corona.jpg

काठमाडौँ । कात्तिक २८ गतेदेखि देशभरका विभिन्न २४ वटा खोप केन्द्र मार्फत कोभिड-१९विरुद्धको फाइजर खोप लगाइने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार सुचना जारी गर्दै यस्तो जानकारी दिएको हो ।

काठमाडौँ उपत्यकामा वीर अस्पताल, बिरेन्द्र सैनिक अस्पताल, सिभिल अस्पताल, त्रिवि शिक्षण अस्पताल, गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र, पाटन अस्पताल, भक्तपुर क्यान्सर अस्पताल र शहिद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रमा खोप लगाइने छ ।

यी बोहक सातै प्रदेशका विभिन्न खोप केन्द्रबाट खोप लगाइने भएको छ । खोप लगाउनका लागि मन्त्रालयले लक्षित समुह तोकेको छ ।

मन्त्रालयका अनुसार मुटुको शैल्यक्रिया गरिसकेका या औषधि सेवन गरिरहेका, मृगौला फेरेका, डायलाइसिस गरेका या औषधि सेवन गरिरहेका, जुनसुकै प्रकारको क्यान्सरको उपचार गराइरहेका, फोक्सो सम्बन्धी रोगको औषधि सेवन गरिरहेका, अंग प्रत्यारोपण गरेका, उच्च रक्तचाप एवं मधुमेह भएर चिकित्सकको निगरानीमा उपचार गराइरहेका, रोगप्रतिरोधात्मक क्षमता कम भएका अवस्थाका र मस्तिष्क एवं मस्तिष्कका रक्तनली सम्बन्धी रोग भएका मानिसहरुले खोप लगाउन पाउँनेछन् ।

फाइजर खोप प्रदेश १ मा ३, प्रदेश २ मा ३, बागमतीमा २, गण्डकीमा २, लुम्बीनीमा ३ र कर्णालीमा १ र सुदुरपश्चिममा २ खोप केन्द्रबाट खोप लगाउन सकिनेछ । 

यस्तो छ मन्त्रालयको सुचना:



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ