arrow

डडेलधुराका पूर्व एमाले अध्यक्ष एसमा प्रवेश, नेपालले भने- 'एमाले पार्टी होइन जेल हो'

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २४ बुधबार
party-prabesh-ddl.JPG

डडेलधुरा । डडेलधुराका पूर्व एमाले अध्यक्ष नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका छन् ।  पूर्व एमाले अध्यक्ष तथा संसदीय निर्वाचनका प्रत्याशी डा. तारा जोशीले अध्यक्ष माधवकुमार नेपालको पार्टीमा समाहित भएको घोषणा गरेका छन् ।  जोशी लगायतको समूह एसमा समाहित भएको हो ।

पार्टी प्रवेश गर्ने जोशी लगायतको समूहलाई बुधवार डडेलधुरामा अध्यक्ष माधवकुमार नेपालले स्वागत गरेका छन् । 

स्वागत गर्दै अध्यक्ष नेपालले केपी ओलीको मुट्ठीबाट उन्मुक्ति खोजेर संविधानको रक्षा गर्न आफूहरू विद्रोहमा उत्रिएको बताए । उनले  नेकपा एमाले पार्टी घर नभई जेल भएको आरोप लगाए । उनले भने ,' नेकपा एमाले पार्टी होइन जेल हो ।' 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ