arrow

भारतमा उत्पादित कोभ्याक्सिन र कोभिसिल्डलाई ९६ देशले दिए मान्यता

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २४ बुधबार
Covishield_Covaxin_Vaccines.jpg

काठमाडौँ । भारतमा उत्पादित कोरोना भाइरसविरुद्धका दुई खोपलाई झन्डै ९६ देशले मान्यता दिइसकेका छन् । भारतको हैदराबाद स्थित भारत बायोटेकले उत्पादन गरेको कोभ्याक्सिन र सेरम इन्स्टिच्युट उत्पादन गरिरहेको कोभिसिल्ड खोपलाई विश्वभरका विभिन्न देशले मान्यता दिएका हुन् ।

बुधवार मात्रै हङकङले कोभ्याक्सिनलाई मान्यता दिएको छ । यस्तै भारतमा उत्पादित दुवै खोपले कोभिड१९विरुद्धका अन्य खोप जस्तै आपतकालिन प्रयोगका लागि अनुमति यसअघि नै पाइसकेका थिए ।

क्यानडा, अमेरिका, अस्ट्रेलिया, स्पेन, युके, फ्रान्स, जर्मनी, रुसलगायतका ९६ देशले भारतीय उत्पादित खोपलाई मान्यता दिएका हुन् । कोभ्याक्सिनको विकास भारतकै भारत बायोटेकले गरेको हो भने, कोभिसिल्ड एस्ट्राजेनेका खोको भारतमा उत्पादन भइरहेको हो ।

दोस्रो डोज लगाएको १४ दिनपछि ७८ प्रतिशत भन्दा बढी प्रभावकारी रहेको कोभ्याक्सिनलाई विश्व स्वास्थ्य सङ्गठनले गत हप्ता आपतकालिन प्रयोगका लागि अनुमति दिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ