arrow

जापानबाट आएका यात्रुलाई जबरजस्ती क्वारेन्टाइन पठाउन खोजेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बबाल

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २४ बुधबार
tia-international-airport.jpg
फाइल तस्बिर

काठमाडौं । जापानबाट फर्किएका नेपाली यात्रुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रशासनले जबरजस्ती क्वारेन्टाइनमा पठाउन खोजेपछि तनाव सिर्जना भएको छ ।

नेपाल एयरलाइन्सको आरए ४३४ को जहाजमार्फत बुधबार ३ः४५ मा काठमाडौंमा अवतरण भएको विमानमा रहेका करिब ६५ जना यात्रुलाई जबरजस्ती पीसीआर टेष्ट गर्दै क्वारेन्टाइनका लागि होटलमा पठाउन खोजेपछि तनावको स्थिति भएको हो ।

जापानमै कोरोना भाइरसविरुद्धको पूर्ण खोप लगाइसकेका यात्रुलाई विमानस्थलमा रोकेर अनावश्यक झन्झट दिइएको सोही विमानबाट आएकी डिके जोशीले जानकारी दिइन् । उनले भनिन्,‘यसअघि कोरोना भाइरसविरुद्धको खोप लगाएको प्रमाणपत्रको आधारमा विमानस्थलबाट सिधै घर जान पाउने भएपनि विहीबार अनावश्यक झन्झट दिइयो । सबै यात्रुले प्रतिवाद गर्दै विरोध जनाएपछि विमानस्थल प्रशासन केही नरम भयो । तर पनि तीन घन्टाजति रोकेर दुःख दिने प्रयास भयो ।’

सरकारले बनाएको मापदण्डविपरित विमानस्थल प्रशासनले यात्रुलाई दुःख दिएको र होटलहरुसँग सेटिङ मिलाएर जबरजस्ती क्वारेन्टाइनमा पठाउन खोजेको ति यात्रुहरुले आरोप लगाएका छन् ।

गत असार ७ गते सरकारले मन्त्रिपरिषदको बैठकबाट खोप लगाएकाहरु र विदेशमा कोरोना भाइरसको नेगेटिभ रिपोर्ट लिएर आएकालाई सोझै घरमा जान पाउने निर्णय गरेको थियो । त्यसअघि विदेशबाट आउँदा १० दिन क्वारेन्टाइन बस्नुपर्ने प्रावधान थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ