arrow

कवि अदिप्त प्रकाशको ‘संवेदनाको विज्ञप्ति’ लोकार्पण

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २५ बिहिबार
bigyaptii.jpg

काठमाडौं । बरिष्ठ समालोचक, महाकाव्यकार, कवि, प्राध्यापक डाक्टर रामप्रसाद ज्ञवालीले एक भव्य कार्यक्रम बिच कवि अदिप्त प्रकाशद्वारा लिखित कविता सङ्ग्रह ‘संवेदना विज्ञप्ति’को लोकार्पण गरेका छन् ।

रामकृष्ण सेवा समाजको हल थलीमा आयोजित कार्यक्रममा तरेली साहित्य प्रतिष्ठानको ब्यानरमा उक्त कृति लोकार्पण भएको हो । कविका पिता शिव बहादुर थापाको सभापतित्वमा भएको कार्यक्रममा स्वागत मन्तव्य अधिवक्ता रविकुमार सिलवालले राखेका थिए ।

समारोहमा थुप्रै वक्ताले कविको रचना वाचन गरेर कार्यक्रमलाई मन्त्रमुग्ध पारेका थिए । लोकार्पित कृतिबारे कवि प्रकाश लम्घालीको समीक्षा र टिप्पणी गरेका थिए भने कागेश्वारी मनोहरा जोरपाटी क्षेत्रका साहित्यिक सर्जक साहित्यानुरागी र जनप्रतिनिधिको सानदार उपस्थिति रहेको थियो । प्रमुख अतिथि प्राध्यापक ज्ञवालीले काँठ होइन साहित्यको केन्द्र बन्ने छाँटकाँट भनेर प्रशंसा गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ