arrow

राष्ट्रपतिको पहिलो तथ्याङ्क लिएर सुरु भयो जनगणना

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २५ बिहिबार
sital-niwas.jpeg

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीको पहिलो विवरण सङ्कलन गर्दै बिहीबार वाट देशभर १२ औँ राष्ट्रिय जनगणना प्रारम्भ भएको छ ।    

शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा तथ्याङ्क विभागका गणकहरू पुगेर राष्ट्रपतिको पारिवारिक तथ्याङ्क सङ्कलन गरी राष्ट्रिय जनगणना-२०७८ को प्रारम्भ गरिएको हो ।

तथ्याङ्क विभागका महानिर्देशक नेबिनलाल श्रेष्ठले राष्ट्रपति भण्डारीको पहिलो तथ्याङ्क लिएर राष्ट्रिय जनगणना-२०७८ को औपचारिक शुभारम्भ गरिएको बताए।
      
उनका अनुसार राष्ट्रपतिलाई जनगणनाको तथ्याङ्कमा रहेका ८० वटा प्रश्न सोधिएको थियो । 

तथ्याङ्क विभागका अनुसार राष्ट्रपतिपछि बिहीबारै प्रधानमन्त्री शेरबहादुर देउवाको पारिवारिक तथ्याङ्क सङ्कलन गरिने छ । यसरी बिहीबार वाट देशभर राष्ट्रिय जनगणना-२०७८ सुरु भएको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ