arrow

मलेसियाको ट्राङ्लोबाट इसेवामनी ट्रान्सफर मार्फत नेपालमा रकम पठाउन सकिने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २५ बिहिबार
esewa-money-tranglo-mou.jpg

काठमाडौँ। रेमिट्यान्स् बजारमा पछिल्ला दिनमा बलियो उपस्थिति जनाउँदै आएको इसेवा सेवा मनी ट्रान्सफर र विश्वका अधिकांश देशमा शाखा सञ्जाल रहेको मलेसियाको अग्रणी रेमिट्यान्स् कम्पनी ट्राङ्लोबीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ। यस सम्झौतासँगै मलेसिया लगायत ट्राङ्लोको नेटवर्क रहेका मुलुकहरूमा रहेका नेपालीहरूले इसेवा मनी ट्रान्सफर मार्फत सरल र भरपर्दो माध्यमबाट नेपाल पैसा  पठाउन सकिनेछ।

साथै नेपालमा रहेका  इसेवा मनी ट्रान्सफरका ८ हजार भन्दा धेरै एजेन्ट मार्फत पैसा पाउन सकिनेछ। साथै ५० लाख भन्दा बढी प्रयोगकर्ताहरू रहेको ईसेवा वालेटमा ट्राङ्लोका नेटवर्क मार्फत आएको रेमिट्यान्स् लोड गर्दा रु.७७ को वालेट बोनस प्राप्त हुनेछ। यसका साथै, सिधै बैङ्क खातामा पनि रेमिट्यान्स् प्राप्त गर्न सकिनेछ।

ट्राङ्लोसँगको सम्झौतासँगै इसेवामनी ट्रान्सफरका प्रबन्ध निर्देशक, अजेस कोइरालाले भने, ‘ट्राङ्लो जस्तो विश्वका अधिकांश देशमा शाखा सञ्जाल रहेको अग्रणी क्रस–बोर्डर भुक्तानी सेवा प्रदायक कम्पनीसँग रेमिट्यान्स् भुक्तानी सम्झौता गर्न पाएकोमा हामी निकै उत्साहित छौँ। यसले हाम्रो नेटवर्कलाई अझ विस्तार गर्नुका साथै अधिकांश बाहिरी मुलुकबाट नेपालमा सहजै रेमिट्यान्स् भुक्तानी गर्ने एउटा भरपर्दो माध्यम थपिएको छ।’

सन् २००८ मा स्थापित भएको ट्राङ्लो मलेसियाको अग्रणी रेमिट्यान्स् कम्पनी हो। ट्राङ्लो एसियाकै अग्रणी क्रस–बोर्डर भुक्तानी सेवा प्रदायक बनिसकेको छ। जसले एयर टाइम टप–अप मात्र नभई विदेशी रेमिट्यान्स् भुक्तानीका लागि पनि स्मार्ट सेवाहरू प्रदान गर्दै आएको छ। विश्वका १२८ देशमा सञ्जाल स्थापना गरेको ट्राङ्लोको हाल १३०० वटा पे आउट पार्टनर्स हरु रहेका छन् भने यसका प्रमुखकार्यलय हरु क्वालालम्पुर, लण्डन, जकार्ता, युनाइटेड अरब इमिराट्स, र सिङ्गापोरमा रहेका छन्।

इसेवामनि ट्रान्सफरले परम्परागत शैली तथा डिजिटल माध्यमबाट इसेवावालेट प्रयोगकर्ताहरूको र ६५ भन्दा बढी बैङ्क खातामा विप्रेषण रकम भित्राउँदै आएको छ। इसेवा मनि ट्रानसफरले आफ्ना सेवाग्राहीहरूलाई ८००० भन्दा बढी एजेन्ट सञ्जालमार्फत पनि विप्रेषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ। सन् २०१९ मा नेपाल राष्ट्र बैङ्कबाट स्वीकृति प्राप्त इसेवा मनि ट्रान्सफर, देशभरका एक करोड दश लाखभन्दा बढी जनसङ्ख्या र एक लाख बढी संस्थाहरूलाई फिनटेकमा आधारित भुक्तानी सेवाहरूको माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ