arrow

करेन्ट लागेर एक युवकको मृत्यु, आफन्तद्धारा २५ लाख रुपैयाँ क्षतिपूर्ति माग

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २६ शुक्रबार
drath.jpg

तनहुँ । तनहुँमा बिहीबार बिहान करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा शुक्लागण्डकी नगरपालिका वडा नं. ३ दुरुङचुङका २७ वर्षीय चित्रबहादुर राना मगर रहेका छन् । 

बिहान ७ बजे उनी हातमा मोबाइल लिएको अवस्थामा आफ्नै कोठामा अचेत भेटिएको बताइएको छ । बिहान ४ बजे उनलाई करेन्ट लागेको आशंका गरिएको छ । त्यो समयमा गाउँको ट्रान्सफर्मरमा आगलागी भएको बताइन्छ ।

मृतकको दाहिने हातमा मोबाइल भएको, हात मोबाइल र चार्जर दुवै जलेको छ । घटनास्थलमै मृत्यु भएको आशंका गरिए पनि स्थानीयले उनलाई उपचारका लागि जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौतारा ल्याएका थिए । अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।

सामुदायिक ग्रामीण विद्युतीकरण दुलेगौंडाको लापरबाहीका कारण करेन्ट लागेर मृत्यु भएको भन्दै मृतकको शव आफन्तले बुझेका छैनन् । ग्रामीण विद्युतीकरणले मृतकको परिवारलाई राहत स्वरूप २५ लाख रुपैयाँ दिनुपर्ने माग छ ।

स्थानीयवासी, जनप्रतिनिधि र ग्रामीण विद्युतीकरणका पदाधिकारीबिच बिहीबार दिनभर जिपी कोइराला अस्पताल परिसरमा छलफल भए पनि टुंगो लाग्न सकेको छैन ।

विद्युत्तीकरण समितिका सबै पदाधिकारी उपस्थित नहुँदा राहत दिनेबारे टुंगो नलागेको हो । शुक्रबार बिहान फेरि छलफल हुने जनाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ