arrow

जनगणनामा सहभागी बन्न मुख्यमन्त्री भट्टको आह्वान

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २६ शुक्रबार
trilochan-bhatta.jpg
तस्वीर–फाइल ।

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले राष्ट्रिय जनगणना २०७८ मा घरआँगनमा आउने गणकलाई सही तथ्याङ्क उपलब्ध गराउन आह्वान गरेका छन् । 

उनले एक सन्देश जारी गर्दै राष्ट्र र प्रदेशको समेत नीति निर्माणमा सहभागी बन्न सुदूरपश्चिम प्रदेशवासीलाई अनुरोध गरेका हुन् । ‘मेरो गणना, मेरो सहभागिता’ नाराका साथ बिहीबारदेखि जनगणनाको कार्य सुरु भएको छ । 

यसका लागि गणक परिचालन भएका छन् । आगामी मङ्सिर ९ गतेसम्म जनगणना हुने छ । केन्द्रीय तथ्याङ्क विभागले हरेक १० वर्षमा राष्ट्रिय जनगणनाको कार्य गर्दै आएको छ । विसं १९६८ देखि जनगणना सुरुआत भएको हो  । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ