arrow

पशुपतिनाथबाट काशी विश्वनाथका लागि निस्कियो मोटरसाइकल र्‍याली

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २६ शुक्रबार
pashupati-to-kasi-biswanath.JPG

काठमाडौं । नेपालको पशुपतिनाथबाट भारतको काशी विश्वनाथ मन्दिरका लागि मोटरसाइकल र्‍याली निस्किएको छ ।  बिहीबार पशुपतिनाथबाट  काशी विश्वनाथका लागि मोटरसाइकल र्‍याली निस्किएको हो । 

नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रा र नेपालका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले ‘पशुपतिनाथ-काशी विश्वनाथ अमृत महोत्सव मोटरसाइकल र्‍याली’ को शुभारम्भ गरेका छन्।

र्‍यालीका सहभागीहरूले नोभेम्बर महिनाको १३ तारिख मा वाराणसीको काशी विश्वनाथ मन्दिरमा पुगेर दशाश्वमेध घाटमा पूजा गर्ने र स्वच्छताको सन्देश फैलाउन 'स्वच्छता श्रमदान' गर्ने छन्।

यस यात्राको क्रममा, र्‍यालीले ऐतिहासिक रूपमा धेरै महत्त्वपूर्ण ठाउँहरू पनि पार गर्नेछ । त्यसमध्ये मोतिहारी जहाँ महात्मा गान्धीले भारतको स्वतन्त्रता सङ्ग्रामको क्रममा 'चम्पारण सत्याग्रह' सुरु गरेका थिए । सारनाथ जहाँ महात्मा बुद्धले आफ्नो पहिलो उपदेश दिएका थिए ।  र गोरखनाथ मठ एक उच्च सम्मानित मन्दिरको पनि यात्रा गर्नेछ।

र्‍यालीको उद्देश्य भारत र नेपालबिचको गहिरो र कालातीत जनता-जनताबिचको सम्बन्धलाई देखाउने र आपसी सांस्कृतिक सम्बन्धलाई थप सुमधुर बनाउनु रहेको काठमाडौँस्थित भारतीय दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

हाम्रा दुई महान् देशका बहुमूल्य साझा धार्मिक र सांस्कृतिक सम्पदाका बारेमा युवाहरूमा चेतना अभिवृद्धि गर्ने उद्देश्यले पनि र्‍यालीको आयोजना गरिएको उनले बताए ।

सो अवसरमा नेपालका संस्कृति मन्त्री आलेले आफ्नो मन्तव्यमा भारत र नेपालबिचको सदियौँ पुरानो सांस्कृतिक सम्पदा र सभ्यताको सम्बन्धलाई उजागर गर्दै बाइक र्‍यालीका सहभागीहरूलाई यात्राको सफलताको कामना गरेका छन्।

अर्कोतर्फ, भारतीय राजदूतले काठमाडौँ र काशीबिचको विशेष सम्बन्ध र दुई देशका जनतालाई एकताबद्ध गराउनमा दुई प्राचीन मन्दिर पशुपतिनाथ र काशी विश्वनाथले खेलेको भूमिकाका बारेमा बताए ।

राजदूत क्वात्राले यो साझा सांस्कृतिक सम्पदाको कदर र संरक्षण गर्न भारत र नेपालका युवाहरूलाई आग्रह पनि गरेका छन्।

यात्रामा निस्कनुअघि पशुपतिनाथ मन्दिरका पूज्य मुख्य पुजारी (मूल भट्ट)ले सहभागीहरूलाई आशीर्वाद दिएका थिए ।

नेपालस्थित भारतीय दूतावासले रोयल इन्फिल्ड काठमाडौँसँगको सहकार्यमा भारत सरकारको पहल ‘आजादी का अमृत महोत्सव’ अन्तर्गत स्वतन्त्र भारतको ७५ वर्षको स्मरण र इतिहासको उल्लेखनीय प्रगतिको स्मरणमा र्‍यालीको आयोजना गरेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ