arrow

'सर्वोच्च भित्रको विवादबारे गठबन्धनको साझा धारणा आउँछ'

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २६ शुक्रबार
prachanda-puspa-kamal-dahal-maoist.jpg

काठमाडौं। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले न्यायालयमा भएको विवादका विषयमा पाँच दलीय गठबन्धनको साझा धारणा छिट्टै आउने बताएका छन् । 

शुक्रवार एक कार्यक्रममा प्रचण्डले भने, “न्यायालय जस्तो स्वतन्त्र र गरिमामय संस्था विवादमा मुछिनु राम्रो होइन, सर्वोच्च अदालत भित्रको विवाद त्यहीँ भित्रबाटै मिलाउन सके राम्रो हुन्छ तर त्यस विषयमा हाम्रो साझा धारणा छिट्टै बाहिर ल्याउँछौँ ।”

अहिलेको पाँच दलीय गठबन्धन चुनावसम्म नै जाने बताउँदै उनले आवश्यक परे निर्वाचन पछाडिसम्म पनि जान सकिने धारणा राखे । 

स्थानीय तहको चुनाव निर्वाचन आयोगले चैत्रमा तोकेको भए पनि संविधानअनुसार छ महिना अघि पछिसम्म पनि सार्न सकिने अध्यक्ष प्रचण्डले बताए । सकेसम्म एकै पटक तीनै तहको चुनाव गर्न सके चुनावमा हुने खर्चसमेत जोगिने उनको भनाइ छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ