arrow

तनहुँमा करेन्ट लागेर मृत्यु भएका मगरको परिवारलाई १६ लाख क्षतिपूर्ति

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २७ शनिबार
death-1618215084.jpg

तनहुँ । तनहुँमा करेन्ट लागेर मृत्यु भएका युवकका परिवारलाई १६ लाख रुपैयाँ क्षतिपूर्ति दिइने भएको छ । बिहीबार बिहान तनहुँ शुक्लागण्डकी नगरपालिका वडा नं. ३ दुरुङचुङका २७ बर्षीय चित्रबहादुर राना मगरको करेन्ट लागेर मृत्यु भएको थियो । 

विद्युत व्यवस्थापन समितिको लापर्वाहीका कारण मृत्यु भएकाले २५ लाख रुपैयाँ क्षतिपूर्ति पाउनुपर्ने माग राख्दै आफन्तले शव बुझ्न मानेका थिएनन् । 

ग्रामीण पूर्वाधार तथा वातावरण विकास मञ्च दुलेगौँडाले मृतकका परिवारलाई १६ लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउने गरी शुक्रबार सहमति गरेको हो । सहमति भएसँगै शव दमौली अस्पतालमा पोष्टमार्टम गरी नागढुंगा शवदाह गृह बेलचौतारामा अन्त्येष्टि गरिएको छ ।

समितिले एक लाख रुपैयाँ कीरिया खर्चबापत आइतबार उपलब्ध गराउने सम्झौता गरेको छ । बाँकी १५ लाख रुपैयाँ २५ पुसभित्र उपलब्ध गराउन सहमत भएको हो । 

यस्तै, घाइतेको उपचार र यातायात खर्च पनि समितिले व्यहोर्ने भएको छ । बिहीबार बिहान ४ बजे ट्रान्सफर्मरमा आगलागी हुँदा गाउँमा हाइभोल्टेज करेन्ट प्रवाह भएर घटना घटेको बताइन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ