- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
नेपालगन्ज । बाँकेका ८१ वटै वडामा शनिबारदेखि नेपाली कांग्रेसको अधिवेशन शुरु भएको छ । शनिबार सबै वडामा उम्मेदवारी मनोनयन दर्ता भएको छ । निर्वाचन समितिका अनुसार सबै वडामा सौहार्दपूर्ण एवम् उल्लासमय वातावरणमा उत्साहपूर्वक उम्मेदवारी परेको छ ।
एकल उम्मेदवारी परेका वडाहरुमा शनिबार नै सर्वसम्मत नयाँ नेतृत्व चयन भएको छ । वडा अधिवेशनले वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन गर्दछ । सर्वसम्मत नभएको वडामा भने भोली विहान ९ बजेबाट मतदान सुरु हुने प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराईले बताए ।
बागेश्वरीपोष्टलाई प्राप्त विवरण अनुसार नेपालगन्जका २३ मध्ये अधिकांश वडामा सहमतिमै वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन भएका छन् । धेरैजसो वडामा पुरानै वडा सभापति दोहोरिएका छन् । २३ वडा मध्ये १७ वटा वडामा सहमतिमै वडा नेतृत्व चयन भएको छ ।
वडा नम्बर २, ६ , ९ र १४ मा वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधीका लागि चुनाव हुने भएको छ । वडा कार्यसमितिमा सर्वसम्मत भएको कतिपय वडामा भने प्रतिनिधि छनौटमा निर्वाचन हुने भएको छ । वडा नम्बर १, १२, १३ मा खुला प्रतिनिधिमा चुनाव हुने भएको छ ।
वडा सभापति (निर्विरोध) मा कहाँ को ?
नेपालगन्ज उपमहानगरपालिका
वडा नम्बर १ सीता काफ्ले
वडा नम्बर ३ मेहबुब अली अन्सारी
वडा नम्बर ४ ज्ञानेन्द्रसिंह सिजापति
वडा नम्बर ५ मेराज अहमद हलवाई
वडा नम्बर ७ नवीन कुमार भट्ट
वडा नम्बर ८ निजामुद्दिन सिद्दिकी
वडा नम्बर १० बिन्दुभुषण बस्नेत
वडा नम्बर ११ ऋचा द्विवेदी
वडा नम्बर १२ रामु चिडिमार
वडा नम्बर १३ शालिकराम शाह
वडा नम्बर १५ जाविर शेष
वडा नम्बर १६ नइम दर्जी
वडा नम्बर १७ रामकुमार यादव
वडा नम्बर १८ जगदिश कुर्मी
वडा नम्बर १९ जंगलीसिंह बढई
वडा नम्बर २० जोगेन्द्र यादव
वडा नम्बर २१ सतिश सोनी
वडा नम्बर २२ विद्याराम बर्मा
वडा नम्बर २३ सौगत शेष