arrow

कांग्रेस बैठक बस्दै, केन्द्रीय कार्यसमितिमा महाधिवेशनबारे छलफल

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २८ आइतबार
nepali-congress-flag.jpg

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज (आइतबार) बस्दैछ । पार्टीको १४औं महाभिवेशनबारे छलफल गर्न दिउँसो १ बजेका लागि बैठक बोलाइएको हो । 

बैठकमा प्रस्तुत हुने एजेन्डा तय भइसकेको छ । शनिबार बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले महाधिवेशन तयारीका लागि एजेन्डा तयार पारेको हो । ती एजेन्डा आइतबारको केन्द्रीय कार्यसमितिमा पेश गर्ने कांग्रेसको तयारी छ ।

ती एजेन्डा केन्द्रीय कार्यसमितिले अनुमोदन गर्नेछ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार केन्द्रीय निर्वाचन समितिले तयार पारेको १४ औं महाधिवेशन कार्यतालिका आज केन्द्रीय समिति बैठकबाट अनुमोदन गर्ने तयारी छ ।

महाधिवेशनका लागि विभिन्न समिति गठन गर्ने एजेन्डा पनि केन्द्रीय समितिमा पेश गरिने भएको छ । 

कांग्रेसको केन्द्रीय महाधिवेशन आगामी मंसिर २४ देखि २६ गतेसम्म काठमाडौंमा हुँदैछ । यो मिति नसर्ने निर्वाचन समितिले जनाइसकेको छ । 

मंसिरपछि कांग्रेसको वैधता पनि सकिने भएकाले कुनै हालतमा मंसिरभित्र महाधिवेशन गर्नुपर्ने वाध्यता छ । कांग्रेसले १३ हिमाली जिल्लाको जिल्ला अधिवेशन गरिसकेको छ । बाँकी हिमाली जिल्लामा मंसिर ६ गतेभित्र भित्र जिल्ला अधिवेशन भइसक्ने कांग्रेसले जनाएको छ । 

अन्य जिल्लाहरुको त्यसपछि क्रमैसँग सकेर समयमै महाधिवेशन हुने कांग्रेसको दाबी छ । 



नयाँ