arrow

धौलागिरि हिमाल क्षेत्रमा हिमपहिरो, स्थानीय र विद्यार्थीको भागदौड

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २८ आइतबार
Dhaulagiri Hills.jpg

पोखरा । धौलागिरि हिमाल क्षेत्रमा भीणण हिमपहिरो गएको छ । 

आज मध्याह्न मुस्ताङको थासाङ गाउँपालिका वडा नं. २ कोवाङ , लार्जुङ र बोक्सीखोला माथिको हिमाली लेकमा हिमपहिरो गएको बताइन्छ ।

जल तथा मौसम विज्ञान विभागका सूचना अधिकारी रामप्रसाद अवस्थीका अनुसार मानापाथी, टुकुचेमा हिमपहिरो खसेको छ । 

जिल्ला प्रहरी कार्यालयका मुस्ताङका प्रहरी निरीक्षक आशिष अधिकारीले दिएको जानकारी अनुसार हिमपहिरो करिव ३० मिनेटसम्म जारी रहेको थियो ।

हिम पहिरोको कारण आसपासका क्षेत्र र कोवाङस्थित जनआर्दश अमरसिंह माध्यमिक विद्यालयका शिक्षक तथा विद्यार्थीको भागदौड चलेको थियो ।

हिम पहिरोका कारण बोक्सी खोलाको पानीको बहाव समेत तेब्बर भएको बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ