- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ। नेपाली कांग्रेसले पार्टीको १४औँ महाधिवेशनका लागि नेताहरूलाई विभिन्न कार्यको जिम्मेवारी तोक्दै उपसमिति गठन गर्ने भएको छ।
कांग्रेसले अहिले केही बेरमा सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बस्न लागेको केन्द्रीय समिति बैठकबाट महाधिवेशनका लागि विभिन्न उपसमितिहरू बनाउन लागेको हो।
कांग्रेस नेता रमेश लेखकले बैठकले महाधिवेशनका लागि विभिन्न उपसमिति बनाउने जानकारी दिएका हुन्। उनका अनुसार बैठकले नेताहरूलाई महाधिवेशनका लागि जिम्मेवारी दिने छ।
यसै गरी बैठकले हालसम्म टुङ्गिएका क्रियाशील सदस्यतालाई पनि अनुमोदन गर्ने तयारी छ। यस्तै विदेशबाट आएका क्रियाशील सदस्यतालाई पनि बैठकले अनुमोदन गर्ने छ।
यस्तै रौतहट, रसुवा लगायतका जिल्लामा देखिएका विवादको समाधानको विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ।