arrow

मुस्ताङमा हिउँपहिरो : ११ जना घाइते, चौरीहरु पुरिए

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २८ आइतबार
avalanche-snow.JPG

काठमाडौँ। मुस्ताङमा हिउँ पहिरोमा परेर ११ जना घाइते भएका छन् । मुस्ताङको मानापाथी हिमालबाट खसेको हिउँपहिरोको डरले भागदौड हुँदा ११ जना घाइते भएको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए।

उनका अनुसार घाइते हुनेहरू कोवाङ गाउँका स्थानीय जनआदर्श माविका विद्यार्थी तथा शिक्षकहरू हुन्। उनीहरूको जिल्ला अस्पताल जोमसोममा उपचार भइरहेको छ।

प्रमुख जिल्ला अधिकारी शर्माका अनुसार हिउँपहिरोबाट अहिलेसम्म मानवीय क्षति भएको भने खुलेको छैन।

थासाङ गाउँपालिका-२ नाउरीकोटमो सिरानमा पर्ने सो हिमालको फेदीबाट भीषण हिम पहिरो झरेको थियो भने बोक्सी खोलामा आएर रोकिएको थियो।

हिउँ पहिरोमा १ सय भन्दा बढी चौरी पुरिएको चौरी धनी तथा हेरालुहरुको गुनासो छ। अहिले प्रमुख जिल्ला अधिकारी शर्मासहितको टोली घटनास्थल जाँदै छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ