arrow

कांग्रेस को १४औं महाधिवेशन

कांग्रेसको प्रदेश अधिवेशनका लागि सातै प्रदेशमा को–को भए संयोजक?

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २८ आइतबार
congress-meet-central-committee-2078.jpg
तस्बिर : रासस

काठमाडौँ। नेपाली कांग्रेसले १६ र १७ मंसिरका लागि तय भएको सातै प्रदेशको प्रदेश अधिवेशनका लागि केन्द्रीय संयोजक तोकेको छ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसले विधानले तोके अनुसारको संरचनाको अधिवेशनमा जानका लागि सातै प्रदेशका लागि आइतबारको केन्द्रीय समिति बैठकबाटै प्रदेश संयोजक तोकेको बताए।

जसअनुसार प्रदेश १ को संयोजक नेता कृष्णप्रसाद सिटौलालाई बनाइएको छ। यसै गरी प्रदेश २ को संयोजकको जिम्मेवारी रमेश रिजाललाई दिइएको छ। यस्तै बागमती प्रदेशको संयोजकमा पूर्व महामन्त्री प्रकाशमान सिंहलाई तोकिएको छ भने गण्डकी प्रदेश अधिवेशनका लागि गोपालमान श्रेष्ठलाई संयोजक बनाइएको छ।

यस्तै लुम्बिनीमा बालकृष्ण खाँण संयोजक तोकिएका छन् भने कर्णालीमा जीवनबहादुर शाही र सुदूरपश्चिममा दिलेन्द्रप्रसाद बडुलाई संयोजक बनाइएको छ।

यी जिम्मेवारी तोकिएका नेताहरूको समन्वयमा सातै प्रदेशमा कांग्रेसले प्रदेश अधिवेशन सम्पन्न गर्ने कांग्रेसले बताएको छ।

कांग्रेसले प्रदेश १ को प्रदेश अधिवेशन विराटनगर, प्रदेश २ को जनकपुर, बागमतीको हेटौडा, गण्डकीको पोखरा, लुम्बिनीको बुटवल, कर्णालीको सुर्खेत र सुदूरपश्चिमको धनगढीमा अधिवेशन गर्ने निर्णय गरेको प्रदेश २ का लागि संयोजक तोकिएका नेता रमेश रिजालले जानकारी दिए।



नयाँ