arrow

कांग्रेस केन्द्रीय समिति १६८ सदस्यीय हुने : कहाँबाट कति प्रतिनिधित्व ?

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २९ सोमबार
congress-14th-general-convention.jpg

काठमाडाैं। नेपाली कांग्रेसको १४औं महाधिवेशन नजिक आइसकेको छ। कांग्रेसले २४ देखि २६ मंसिरसम्म केन्द्रीय नेतृत्व छान्नका लागि महाधिवेशनको मिति तोकेको छ।

कांग्रेसले यस पटक संविधानले व्यवस्था गरेको देशको संरचना अनुसार पार्टीको नेतृत्व छान्दैछ। कांग्रेसको विधानमा उल्लेख भए अनुसार अबको महाधिवेशनबाट केन्द्रीय समितिमा एक सभापतिसहित, २ उपसभापति, २ जना महामन्त्री, ८ जना सहमहामन्त्री, १ कोषाध्यक्ष (केन्द्रीय सदस्य मध्येबाट सभापतिले मनोनित गर्ने) छन्।

यसैगरी ३५ जना केन्द्रीय सदस्य प्रत्यक्ष निर्वाचित हुनेछन्। उनीहरुलाई देशभरबाट आएका महाधिवेशन प्रतिनिधिले प्रत्यक्ष मतदान गरेर चुन्ने छन्।

यसैगरी महिला महाधिवेशन प्रतिनिधिबाट प्रत्यक्ष निर्वाचित ९ जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन् भने प्रत्येक प्रदेशबाट एक महिलासहित ३ जनाको केन्द्रीय समितिमा प्रतिनिधित्व हुने व्यवस्था विधानमा छ। सो व्यवस्था अनुसार सात प्रदेशबाट २१ ज्ना केन्द्रीय समितिमा चुनिनेछन्।

यसैगरी दलीत महाधिवेशन प्रतिनिधि मध्येबाट ४ महिला सहित ९ जना, आदिवासी जनजाती महाधिवेशन प्रतिनिधि मध्येबाट ७ महिलासहित १५ जना, खस आर्यबाट ६ महिलासहित १३ जनामधेसीबाट ४ महिलासहित ९ जना, थारुबाट २ महिलासहित ४ जना, मुस्लिमबााट १ महिलासहित ३ जना र पिटडिएको क्षेत्रबाट १ जना गरी ५४ जना विभिन्न क्षेत्रबाट केन्द्रीय सदस्य चुनिनेछन्। यसैगरी अल्पसंख्यक १ र अपांङ्गबाट १ जना गरी २ जना यो समूहबाट केन्द्रीय सदस्य चुनिनेछन्।

यसैगरी सभापतिले निर्वाचित भएपछि एक तिहाइ सदस्य मनोनित गर्ने व्यवस्था विधानले दिएको छ। सो व्यवस्था अनुसार ३३ जना केन्द्रीय सदस्य सभापतिले मनोनित गर्न पाउनेछन्।

कांग्रेस महाधिवेशनमा देशभरका १६५ निर्वाचन क्षेत्रबाट २५ जनाका दरले केन्द्रीय नेतृत्व छान्न ४ हजार १ सय २५ जना महाधिवेशन प्रतिनिधि आउनेछन्। सो सङ्ख्यामा प्रत्येक निर्वाचन क्षेत्रबाट थप एक जना अपाङ्गता तथा अल्पसङ्ख्यक क्षेत्रबाट पनि प्रतिनिधित्व गर्ने विषयमा बहस जारी छ। अपाङ्गता भएका व्यक्तिहरू मध्येबाट एक जना महाधिवेशन प्रतिनिधि चुनिने गरी ७७ जिल्लाबाट ७७ जना नै प्रतिनिधि ल्याउने काँग्रेसको यसअघिको निर्णय छ ।

यस्तै भातृ तथा सुभेच्छुक संघ संस्था र विदेशस्थित जनसम्पर्क समितिबाट पनि महाधिवेशन प्रतिनिधि चयन भएर आउनेछन्। यी सबै क्षेत्रबाट गरी करिब ४५ सयको हाराहारीमा कांग्रेस महाधिवेशनका लागि प्रतिनिधि चयन भएर आउनेछन्।

कांग्रेसको आइतबार बसेको केन्द्रीय समिति बैठकले १४ औं महाधिवेशन अन्तर्गत महाधिवेशन उद्घाटन २४ मंसिरमा, २५ मंसिरमा नेतृत्व चयनका लागि मतदान र २६ मंसिरमा गणना गर्ने गरी अघि बढ्ने निणर्य गरिसकेको छ।

तर उम्मेदवारी दर्ता भने त्यसअघि नै अर्थात २१ म्ंसिरमा गर्ने गरी कांग्रेसको निर्वाचन समितिले  निर्वाचन कार्यक्रम बनाउँदै छ।



नयाँ