- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
नेपालगन्ज । नेपाली काँग्रेसको १४औँ महाधिवेशन अन्तर्गत बाँकेको क्षेत्र नम्बर १ राप्तीसोनारी गाउँपालिकाकी उपप्रमुख धनी कुमारी खत्री वडामै पराजित भएकी छिन् ।
उपप्रमुख खत्री संस्थापन समूहकी हुन् । बाँकेमा वडामै पराजित हुने जनप्रतिनिधिमा खत्री पहिलो हुन् । यसअघि संस्थापन इतरमा रहेकी उपप्रमुख खत्री केही समयअघि संस्थापन समूहमा गएकी हुन् ।
उपप्रमुख खत्रीले वडा नम्बर ८ बाट क्षेत्रीय प्रतिनिधि पदमा उम्मेदवारी दिएकी थिइन् । राप्तीसोनारी गाउँपालिका वडा नम्बर ८ मा संस्थापन इतर समूहले वडा कार्यसमितिसहित क्षेत्रीय प्रतिनिधिमा पुरै प्यानल कब्जा गर्दा उपप्रमुख खत्री वडामै पराजित भएकी हुन् ।