- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
नेपालगन्ज। नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत बाँकेको क्षेत्र नम्बर १ मा संस्थापन इतर समूहले झन्डै दुई तिहाइ वडा कब्जा गरेको छ । क्षेत्र नम्बर एकमा पर्ने ३० वटा वडामध्ये संस्थापन इतर समूहले १९ वडामा सभापति जितेको युवा नेता पोषण केसीले जानकारी दिए ।
यस्तै संस्थापन समूहले भने ९ वटा वडामा मात्रै सभापति जित हासिल गरेको छ । कोहलपुर नगरपालिका, राप्तीसोनारी गाउँपालिका र नरैनापुर गाउँपालिकालाई समेटेको क्षेत्र नम्बर एकमा कोहलपुर वडा नम्बर ७ र राप्तीसोनारीको वडा नम्बर ३ का सभापति भने दुवै समूहतर्फ खुलेका छैनन् ।
कोहलपुरमा वडा नम्बर ३, ४, ८, ९, १०, ११, १२, १३, १४ र १५ मा संस्थापन इतर समूहले सभापतिसहित अधिकांश क्षेत्रीय प्रतिनिधि जितेको छ । संस्थापन समूहले भने १, २, ५ र ६ मा सभापति सहित क्षेत्रीय प्रतिनिधिहरू जित हासिल गरेको छ ।
यस्तै राप्तीसोनारीमा २, ५, ८ र ९ नम्बर वडामा संस्थापन इतर समूहले कब्जा जमाउँदा १, ३, ६ र ७ मा भने संस्थापन पक्ष हाबी देखिएको छ । यस्तै नरैनापुरमा १, २, ३, ४ र ५ नम्बर वडामा संस्थापन इतर समूहको वर्चस्व हुँदा वडा नम्बर ६ मा मात्रै संस्थापन समूह हाबी देखिएको छ ।