arrow

काँग्रेस महाधिवेशन : कास्कीमा मतदानको मिति र मतदानस्थल तोकियो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २९ सोमबार
congress-14th-general-convention.jpg

पोखरा । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत कास्कीमा हुने विभिन्न तहको अधिवेशनका लागि मतदानस्थल तोकिएको छ ।

अधिवेशनका लागि कास्कीमा निर्वाचन अधिकृतका रूपमा खटिएका रामचन्द्र पौडेल (आरसी पौडेल) ले सोमबार कास्की काँग्रेसका पदाधिकारी, क्षेत्र र प्रदेश सभाका सभापतिहरूसँग बैठक गरी मतदानस्थल तोकिएको बताइन्छ ।

कास्की काँग्रेसका सभापति कृष्ण केसीको सभापतित्वमा भएको बैठकले जिल्ला, क्षेत्र र प्रेदशसभा अधिवेशनको अघिल्लो दिन उम्मेदवार मनोनयन दर्ता गर्ने निर्णय गरेको छ ।

सभापति केसीका अनुसार मङ्सिर ३ गते हुने प्रदेशसभा अधिवेशनका लागि २ गते, ६ गते हुने क्षेत्रीय अधिवेशनका लागि ५ गते र १० गतेको जिल्ला अधिवेशनका लागि ९ गते उम्मेदवार मनोनयन दर्ता गर्नुपर्ने छ ।

बैठकले मङ्सिर ६ गते हुने कास्की क्षेत्र नं १ को क्षेत्रीय अधिवेशनका मतदानका लागि तालचोकस्थित शुभम् पार्टी प्यालेस, मङ्सिर ३ गते हुने १ (क) को मतदानका लागि सोही शुभम् पार्टी प्यालेस र १(ख) को मतदानका लागि माटेपानीस्थित एसआर केसी क्याटरिङ तोकेको छ ।

यस्तै, क्षेत्र नं २ को क्षेत्रीय अधिवेशनको मतदान नयाँबजारस्थित पोखरा प्रदर्शनी केन्द्रमा हुनेछ । २ (क) को पोखरा बिरौटा र २(ख) को पोखरा चिप्लेढुङ्गा पार्टी कार्यालयलाई मतदानस्थल तोकिएको छ ।

उता, क्षेत्र नं ३ को अधिवेशनको मतदानस्थल हेमजास्थित पार्टी कार्यालयलाई तोकिएको छ । ३ (क) का लागि हेमजास्थित पार्टी कार्यालय र ३(ख)का लागि नागडाडाँस्थित पार्टी कार्यालयलाई तोकिएको छ ।

मङ्सिर १० गते हुने जिल्ला अधिवेशनको मतदान पोखरा नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ