arrow
ADVERTISEMENT

चितवनमा बन्द गराउन खोज्ने १० जना पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक ३० मंगलबार
cycle-women.jpg
बन्दका कारण सवारी नचलेपछि झलारी बजारमा साईकल चढेर गन्तव्यमा जाँदै गरेका स्थानीय, रासस ।

चितवन । नेपाल कम्युनिष्ट पार्टीले पेट्रोलियम पदार्थमा भएको मुल्यवृद्धिको विरुद्ध भन्दै मंगलबार आह्वान गरेको बन्दका क्रममा सवारी रोक्ने १० जनालाई प्रहरीले पक्राउ गरेको छ । पार्टी निकट अनेरास्ववियु क्रान्तिकारीका वाग्मती प्रदेश इञ्चार्ज राजन साउदसहित नेता, कार्यकर्ता पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार साउदसहित दुई जनालाई बिहान सबेरै भरतपुरको बाइपास रोड र अन्यलाई नारायणगढको लायन्स चोकबाट नियन्त्रणमा लिइएको हो । 

सुरक्षाकर्मी व्यापक परिचालन गरिएकाले बन्द कर्ताले सवारी आवागमनमा अवरोध पुर्याउन पाएका छैनन् । थापाले भने, “जिल्लाभर अवरोध गर्न खोज्नेलाई तत्काल पक्राउ गर्ने गरी सुरक्षाकर्मी परिचालन गरिएको छ ।”

बन्द आह्वानका कारण अन्य दिनमा झै सवारी साधन भने चलेका छैनन् । बिहानैदेखि बजार क्षेत्र सुनसान देखिएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ