arrow

कांग्रेसको नेपालगन्ज नगर अधिवेशन: तीन पूराना साथीबीच कडा भिडन्त हुँदै 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक ३० मंगलबार
nepaljunge-congress.jpg

नेपालगन्ज । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत् देशभरका जिल्लाहरुमा वडा अधिवेशन सकिएको छ । वडा अधिबेशन सम्पन्न भएसँगै अब हुने पालिकास्तरीय अधिबेशनमा नेताहरु उम्मेदवारी दिने भन्दै कार्यकर्ता भेटघाटमा ब्यस्त छन् ।

यस्तै बाँकेमा पनि पालिकास्तरीय अधिबेशनका लागि नेताहरु प्रचारप्रसारमा व्यस्त छन् । पालिका अधिबेशनमा अहिले बाँकेको नेपालगन्जले माहोल तताएको छ। नेपालगन्ज नगर सभापतिका लागि तीन जनाले उम्मेदवारी दिने तयारी गरेका छन् ।

नेपालगन्ज नगर  सभापतिमा संस्थापन समूहबाट बर्तमान सभापति प्रशान्त बिष्ट र बिनोद रिजालले उम्मेदवारी घोषणा गरिसकेका छन् । रिजाल तरुल दल बाँकेका सचिव हुन् । संस्थापन इतर समूहबाट उमा थापा मगरले पनि आफ्नो उम्मेदवारी घोषणा गरिसकेकी छिन् ।

थापा मगर नेपालगन्ज उपमहानगरपालिकाकी उपप्रमुख हुन् । संस्थापन इतरबाट नगर सभापतिमा उनी एकल उम्मेदवार हुन् । नगर सभापतिमा बाजी मार्न सबै उम्मेदवारहरु क्षेत्रीय प्रतिनिधिहरुलाई भेट्न व्यस्त छन् । सभापतिमा उम्मेदवारी दिन लागेका बिष्ट, रिजाल र थापा मगर सबै परिचित, बलिया र सबैको मनमा बसेका नेताहरु हुन् । तर, निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न तीनै जनाले दिनरात कसरत गरिरहेका छन् ।

तीनै जना बीच तीब्र प्रतिष्पर्धाको आंकलन गरिएपनि पार्टीको आन्तरिक राजनीतिमा समूहगत हिसाबले विष्ट र रिजाल संस्थापन र थापा मगर संस्थापन इतर निकट रहेकाले संस्थापन समूहकै मत विभाजन हुँदा इतर समूहलाई फाइदा पुग्ने विश्लेषण हुन थालेको छ ।

 महेन्द्र बहुमुखी क्याम्पसबाट राजनिती सुरु गरेका उनीहरु सबै पुराना साथीहरु हुन् ।व्यक्तिगत हिसाबले भने तीनै जना नगरको राजनीतिमा लोकप्रिय छन् ।बाँकेमा पालिका अधिवेशन मंसिर २ गते छ । उम्मेदवारी दर्ता भने मंसिर १ गते नै हुनेछ । नेपालगन्ज नगर अधिबेशनका लागि ३३६ जना क्षेत्रीय प्रतिनिधि छनौट भएका छन् ।



नयाँ