arrow

कांग्रेसी नेता कार्यकर्ता समाजवादी शैलीको सरल, सहयोगी तथा नागरिकमुखी हुनुपर्छ –प्रल्हाद पन्त

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १ बुधबार
pralad-pant-nuwakot-congres.jpg

नुवाकोट । नेपाली कांग्रेसका सिद्धान्तनिष्ठ नेता प्रल्हाद पन्त नुवाकोटका लोकतन्त्रवादीहरुबीच चिनाइरहनु पर्ने नाम होइन । ११ वर्षको कलिलो उमेरदेखि नै लोकतान्त्रिक शासन पद्धतिका आदर्शले आकर्षित भएर नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको राजनीतिमार्फत नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहँदै आएका भद्र, शालिन र सहयोगी भावनाका धनी पन्तको राजनीतिक र व्यक्तिगत जीवन स्वच्छ छवियुक्त छ ।

२०२६ साल भदौ ८ गते थान्सिङ १ (हाल लिखु–६) मा जन्मिएका पन्त कांग्रेसले अंगीकार गरेको आदर्शका राष्ट्रियता, प्रजातन्त्र र समाजवाद जस्ता पक्षलाई नेपाली जनताको जीवनशैलीमा समाहित गर्न रुचाउँछन् । 

कांग्रेसको राजनीतिमा अनवरत सक्रिय तर हालसम्म कुनै पनि कार्यकारी भूमिकामा नरहेका पन्त समाज र राष्ट्रलाई सही बाटोमा ल्याउनका लागि राजनीति गरिनुपर्नेमा जोड दिन्छन् । 

एक नागरिकको हैसियतमा रहेर पनि समाज र राष्ट्रलाई योगदान दिन सकिन्छ भन्ने बुझाईले आफस् राजनीतिमा क्रियाशील रहेको र पार्टीको जुनसुकै जिम्मेवारीमा रहेर कार्य सम्पादन गर्न सक्ने क्षमता आफूमा रहेको उनले दाबी गरेका छन् ।  

कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा नुवाकोटको संसदीय निर्वाचन क्षेत्र १ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा गरेका उनी कांग्रेसलाई एक संगठित, अनुशासित, सुसंस्कारयुक्त, राज्यमा सुशासन गर्न सक्षम र जनताको सेवामा सम्पूर्ण रुपमा समर्पित पार्टीको रुपमा स्थापित गर्न सकिने बताउँछन् । 

आफूले पाएको जिम्मेवारी इमानदारीपूर्वक सम्पन्न गर्दै आएका पन्त भौतिक शरीर र उमेरको आधारमा हैन, विचार, व्यबहार र कार्यसम्पादनलाई मूल्याङकन गरेर नेतृत्व चयन गर्नुपर्ने मान्यता राख्छन् । 

उनी कांग्रेसका सबै तहका नेता र कार्यकर्ता जीवनपद्धति, अनुशासन र संस्कारका दृष्टिले अन्य पार्टीका नेता कार्यकर्ताभन्दा भन्दा फरक वास्तवमै समाजवादी शैलीको सरल, सहयोगी तथा नागरिकमुखी हुनुपर्ने बताउँछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ